Websoft University

निर्वाचन दिवस भव्य रुपमा मनाउने आयोगको निर्णय


काठमाडौँ,फागुन ६ गते । रातो तारा डट कम, निर्वाचन आयोगले यही फागुन ७ गते सोमबार निर्वाचन दिवस भव्यरुपमा मनाउने भएको छ । मुलुकको राजनीतिक र संवैधानिक संक्रमणलाई शीघ्र अन्त्य गर्ने सन्दर्भमा एक वर्ष्भित्र चार वटा महत्वपूर्ण निर्वाचन गराएर स्यावासी पाएको निर्वाचनकै क्रममा दिवस मनाउन लागेको हो ।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक पूरा गरी आयोग अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारीमा जुटिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फागुन ७ गते मूल समारोहसहित तीन दिनसम्म विविध कार्यक्रम गरी निर्वाचन दिवस भव्यरुपमा मनाउन लागेको प्रवक्ता नवराज ढकालले जानकारी दिनु
भयो । विसं २०१५ मा पहिलो संसदीय निर्वाचन शुरु भएको दिन फागुन ७ गतेलाई आयोगले केही वर्षदेखि निर्वाचन दिवसका रुपमा मनाउन थालेको हो ।

‘स्वच्छ र स्वतन्त्र निर्वाचन’ विषयको अन्तरक्रिया, निर्वाचनमा समावेशीता विषयक परिसंवाद, निर्वाचन परिणाम पुस्तिका प्रकाशन, प्रभातफेरीदेखि रक्तदान हुँदै कृतिवाचनसम्मका कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.