Websoft University

मोरङ कारागार भित्र गणेश मन्दिर बन्दै

विराटनगर,फागुन १ गते । रातो तारा डट कम,मोरङ जिल्ला कारागार परिसर भित्र ५ लाख बरावरको लागतमा निमार्ण हुने गणेश भगवानको मन्दिरको आज बिधिवतरुपमै शिलान्यास गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मन्दिरको शिलान्यास गर्नु भएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै,भीम पराजुलीले चौकीदार अभिसेक गिरी र जेलर प्रेम प्रसाद सापकोटाले अनुरोध गरे अनुसार मोरंग कारागार भीत्र खानेपानीको अभाव र शुद्व पानीको व्यवस्थाका लागि आगामि बजेटमा करिव ५ लाख बरावरको कागारमा खानेपानीको व्यवस्था गरिदिने बचन दिनु भएकोछ ।

त्यसैगरी कारागार भीत्र कैदी बन्दी घुम्ने फिर्ने ठाउँको अभाव भएको र सरकारले पनि करिव ९० लाख रमक छुटाइसकेको तर भवन शाखाले उतर तिरको दिवाल सार्ने स्टुमेट नगरिदिदा आउने रकम फृज हुने भन्दै काम गराउन मेयर भीम पराजुलीले पहल गरिदिने बताउनु भएकोछ । पत्रकार नगर जनप्रतिनिधिहरुलाई कारागार भीत्र अनुगमन गरार्ईएको थियो।

उक्त मन्दिर चौकीदार अबिसेक गिरीको पहलमा बन्न लागेको हो । कैदीबन्दी र अन्य सहयोगी दाताहरुबाट प्राप्त भएको रकमले मन्दिर परिसर भित्र मन्दिर निमार्ण गर्न लागेको उनले बताएका छन । कदीबन्दीले पुजा पाठ गर्नुप¥यो भने कारागार परिसर भीत्र मन्दिर नै छइन् , चौकीदार गिरीले भने, ‘सबैलाई पुजापाठ गर्न पाउने गरी यो मन्दिर बनाउँन लागेका हौं, र २० भन्दा माथि सहयोग गर्ने दाताहरुको नाम सिलालेखमा लेखिने पनि गिरीले जनकारी गराउने भयो ।

सबै कैदीबन्दीहरुकै इच्छा, चाहाना अनुसार मन्दिर बनाउन लागि परेका हौं । कैदीबन्दी आफैले श्रमदान गरी मन्दिर निमार्ण गर्ने कारागारका जेलर प्रेमप्रसाद सापकोटाले जानकारी दिए । हाल बिराटनगर कारागारमा ५ सय कैदी बन्दी रहेकाछन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.