Websoft University

सिमेन्ट बोक्ने ट्रीपर दुर्घटना हुदा चालक र सह चालक गम्भिर रुपमा घाईते


(फाएल फोटो)
श्याम राई-गाईघाट फागुन १ गते । रातो तारा डट कम,कटारी पूर्वी सडक खण्ड अन्र्तगत गहुबामा मंगलबार बिहान सिमेन्ट बोक्ने ट्रीपर दुर्घटना हुदा चालक र सह चालक गम्भिर रुपमा घाईते भएका छन् ।

कटारी देखि घुर्मी तर्फ जाँदै गरेको बा ५ ख २२५२ नम्बरको ट्रिपर सडकदेखि झण्डै २ सय ५० मीटर तल खस्दा
गाडीका चालक कटारी नगरपालिका –२ खोक्साका २५ बर्षीय सन्तोष थापा र सहचालक राजु पौडेल भम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका उपरीक्षक नबराज भट्टले बताए ।

प्रहरीले घटनास्थलबाट दुवैको उद्धार गरि अस्पताल लगेको उनले बताए । दुवैको अबस्था गम्भीर रहेकोले सिरहा लाहान अस्पताल मा उपचार भईरहेको छ ।

सिमेन्ट लोड गरेको गाडी बढी भारको कारण अनियन्त्रित भैे सडकदेखि भिरमा खसेको प्रहरीले जनाउको छ ।
सिद्धीचरण राजमार्ग अन्तर्गत गहुबारीदेखि ठाटीको भिरसम्मको करिब६ किमी बाटो निकै जोखिम रहेकोले सो खण्डमा बढी सबारीदुर्घटना हुने गरेको ट्राफिक प्रहरी कटारी ईन्चार्ज दिपक दियालीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.