Websoft University

प्रथम बिधालय भलिवल लिग च्याम्पेनसीप खेलको उदघाटन


बिराटनगर,फागुन १ गते । रातो तारा डट कम,प्रथम बिधालय भलिवल लिग च्याम्पेनसीप पुरुष तर्फको खेल आज एक समारोहको बिच हाटखोला मैदानमा  उदघाटन भएकोछ ।

महानगरस्तरीय पुरुष फुटवल खेलमा १५ बिराटनगरमा निजिबोर्डिस्कुलहरुले भाग लिने छन भने यो आज बाट १ हप्ता सम्म चल्ने भएकोछ । यसको प्रयोजन बिकेबिएम बोर्डिङ स्कुलले गरेकोछ ।

मोरङ भलिवल संघ र मोरङ बिधालय भलिवल कमिशनको सयुक्त आयोजनामा यो खेल हुनेछ ।

कार्यक्रमका प्रमुख अतिथि तथा क्षेत्रीय खेलकुद बिकास समितिका संयोजक रविन नगरकोटीले खेलाडिका टिम लिडरलाई फलिवल दिएर खेलको उदघाटन गर्नु भएको
 थियो ।

खेल उदघाटन सत्रमा बोल्दै,नगरकोटीले यो खेललाई पनि सबैले चासो दिएर यसको सरक्षण गर्नु पर्ने बताउदै, सबै प्रतियोगिहरुले राम्रो संग खेल प्रर्दश गर्न र कार्यक्रम सफल बनाउन सफलताको शुभ कामना दिन्छु भन्नु भयो ।

कार्यक्रममा बिभिन्न वक्ताहरुले पनि शुभ कामना दिनु भएको थियो । कार्यक्रममा बिधालय भलिवल कमिशनका अध्यक्ष प्रेम सिंह सुवालको अध्यक्ष्तामा कार्यकम भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.