Websoft University

महासमितिको बैठक अविलम्ब बोलाउनुपर्ने– डा. शेखर कोइराला


विराटनगर, माघ १८ गते । रातो तारा डट कम,
नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको महासमितिको बैठक छिटोभन्दा छिटो बुलाउन माग गर्नु भएको छ ।
 
नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले व्यापक रुपमा विधानमा संशोधन,सङ्घीय संरचनामा कसरी जाने,क्षेत्र र जिल्लाको अधिकारका साथै क्रियाशील सदस्यता लगायतका विषयका साथै महाधिवेशनको तिथि तोक्नुपर्ने भएकाले महासमितिको बैठक आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

पत्रकारको जिज्ञासामा प्रधानमन्त्री संविधानको आधारमा बस्नु भएको जानकारी गराउँदै राजीनामा दिनु नदिनु प्रधानमन्त्रीको नैतिक विषयरहेको बताउनुभयो ।

लोक कल्याणकारी विचारले बृद्धभत्ता वितरणको आयु घटाइएको भएपनि राज्यले धान्न ‘सक्ने कि नसक्ने’विषयमा विचार गरेर घोषणा गर्नुपर्ने भन्नुहुँदै डा. कोइरालाले यस प्रकारको निर्णयबाट आपूmलाई पनि असजिलो महशुस भएको धारणा प्रकट गर्नुभयो ।

सो कारणले राज्यमाथि  रु एक खर्बको  आर्थिक भार पर्ने सम्भावना रहेको प्रसङ्ग उल्लेख गर्दै बृद्धबृद्धाका लागि सातवटै प्रदेशमा उपचारसहितको व्यवस्था गरी बृद्धा आश्रम सञ्चालन गर्नु नै उपयुक्त हुने सुझाव दिनुभयो ।

पार्टीको सभापतिको उम्मेद्वार हुने विषयमा पत्रकारमा प्रश्नमा उहाँले राजनीतिक गर्ने व्यक्ति भएकाले इच्छा हुनु स्वभाविक भएपनि कार्यकर्ताहरुसँग गहन् छलफल गरेर मात्र बताउन सकिने स्पष्ट पार्नुभयो ।
 
बामगठबन्धनकै सरकार बन्नुपर्ने उल्लेख गर्दै उहाँले जनताले नेपाली काँग्रेसलाई प्रतिपक्षमा बस्न जनादेश दिएको बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.