Websoft University

गीतकार श्रीमान खजुमले मीठा मीठा सपनाहरू बोलको गीतमा म्युजिक भिडियो ल्याउने


युवराज ठकुरी/सिंहदेवी,मोरङ, माघ १८ गते । रातो तारा डट कम,चौविसे गाउँपालिका-८,धनकुटा निवासी गीतकार श्रीमान खजुमद्वारा रचित आधुनिक गीत मीठा मीठा सपनाहरू बोलको गीतमा चाडैं म्युजिक भिडियो दर्शक स्रोता माझ ल्याउने भएका छ्न।
         
विगत लामो समय देखि ग्रामीण पत्रकारितामा आबद्ध खजुम खास गरि गजल,कवितामा कलम चलाउदै आएका थिए।पछिल्लो समय वैदेशिक रोजगारमा मलेसियामा रहेका उनले गीत रचना गरेर दीप घतानीको सङ्गीतमा श्रीयाशी चेम्जोङ र गोबिन्द चेम्जोङको स्वरमा रेकर्ड गराएका थिए।
       
आफ्नै लगानीमा रेकर्डिङ पछि ,स्रोताहरुको रुचिलाई सार्थकता दिन म्युजिक भिडियो बनाउने रहर पलाएको गीतकार खजुम बताउँछन। म्युजिक भिडियोमा मिस लिम्बूनी तेस्रो मेनुका सोदेन र नबोदित मोडल राजेश किराँती लिम्बूले मोडलिङ गरेका छन् ।

म्युजिक भिडियो गोविन्द खजुमको निर्देशन ,हिकास राईको छायांकन र कविन्द्र तुम्वापो, मिक्फुङ माङयुङको साजसज्जामा पुर्वको पर्यटकीय स्थान भेडेटारमा निर्माण गरिएको खजुमले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.