Websoft University

एक नम्मर प्रदेशको पहिलो बैठकमा के होला ? - जनतामा कोैतुह


बिराटनगर, माघ १८ गते । रातो तारा डट कम,  १ नम्मर प्रदेश प्रमुख प्रा डा. गोविन्द बहादुर तुम्बाहाङले आउदो २२ गते आह्वान गरेको प्रदेश सभाको बैठकमा के होला ? यो बिषयले धेरै मानिसहरुमा कौतुहलता उब्जाएको छ ।

आज हामी त्यहाँ लुग्दा पुरानो जिबिस हाल जिल्ला समन्वय समितिको भवन र सांसद सभा हल तीब्र गतिमा मर्मत भइरहेको थियो ।

प्रदेश सांसद सचिवालयका लागि काठमाडौबाट आउनु भएका
सह सचिव ध्रुव घिमिरे र उप सचिव सहजीत राई, मोरङका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्य समेतलाई भेटेर कुरा गर्दा दुई दिनमा हल भवन तयारी हुनेछ  भन्नु भएको छ ।

त्यसगरी,बहुसंख्यक नयाँ प्रदेश सदस्य रहेको १ नम्मर प्रदेशमा नयाँ सांसदहरु हाउसमा के एजेन्ड लिएर जाने भन्नेमा नै अन्योलमा रहेकाबेला सर्वसाधारणमा कौतुहलता उब्जनु स्वभाविक  हामीले पनि मानेका छोै ।

प्रदेश सांसद संञ्चालन सहजिकरण गर्ने विराटनगर आईपुग्नुभएका सहसचिब घ्रुब घिमिरेका अनुसार प्रदेश सभाका जेष्ठ सदस्य(७३) बर्षीय ओमप्रकाश सराबगीको नेतृत्व अर्थात (अध्यक्षता) मा प्रदेश सभाको बैठक २२ गते बस्ने छ ।

पहिलो प्रदेश सभा संञ्चालन आन्तरीम कार्यबिधि बनाएर पास गरीन्छ । त्यहि कार्यविधि अनुसार प्रदेश संसदको नयाँ नियामावली नबनेसम्म बैठक अघि बढ्ने छ । पहिलो बैठक बसेको १५ दिन भीत्र प्रदेश सभाका सदस्यहरुको सल्लाहा वा निर्वाचन प्रक्रियबाट सभामुख चयन गरिने छ । त्यपछि तिनै निर्वाचीत सभामुखले प्रदेश सांसद कार्यलय संञ्चालन गनुहुने छ ।

को हुन ? सरावगी,
अर्काे व्यवस्था नहुन्जेल सम्म जेष्ठ संसाद ओमप्रकाश सरावगीले प्रदेश न १ को सभामुखको भुमीका निर्वाह गर्नु हुने छ । २००१ सालमा फागुणमा झापाको भद्रपुर २ मा जन्मीनुभएका ओमप्रकाश सरावगी मारवाडी समुदयाका व्यक्तीत्व हुनुहुन्छ ।

उहाँले २०२६ साल देखि राजनीति शुरु गर्नुभएको हो । २०२८ सालमा भद्रपुर नगरपञ्चायतको वडा न २ को अध्यक्षमा बिजयी हासी गर्नुभयो । उहाँले त्यसपछी २०३८ सालमा भद्रपुर नगरपंञ्चायतमा र्निबिरोध निवार्चीत हुनुभयो ।

२०४२ सालमा भद्रपुर नगरपालिकाको प्रमुख (मेयर) बिजयी हुनुभयो । २०४८ सालमा समेत भद्रपुर नगरपालिकाको मेयर बिजयी हुनुभयो । हाल भद्रपुर उपमहानरपालिका वडा न ५ का स्थाई बासी हुनुहुन्छ ।

उहाँ यतिखेर नेपाली काग्रेसको कोटाबाट १ नम्मर प्रदेश सभासदस्य चयन हुनुभएको छ । उहाँभन्नुहुन्छ,‘ मैले कहिल्यै सोचिन यात्रो प्रदेश सदस्यहरुको अविभावको जिम्मेबावरी पाएको छु, खुसी लाग्या छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.