Websoft University

प्रदेश नं १ को मुख्यमन्त्रीमा राई नियुक्त-आज सफत ग्रहण


बिराटनगर फागुन ३ गते । रसतो तारा डट कम,प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले २ गते एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा राईले मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले राईलाई नियुक्तिपत्र प्रदान गर्नुभएको थियो ।

उहाँले आज बिहीबार वीरेन्द्र सभागृहमा शपथ ग्रहण गर्ने र आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको बताउनु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.