Websoft University

अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा घिमिरे


काठमाडौँ,फागुन ३ गते । रातो तारा डट कम,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले आजदेखि सम्हाल्नु भएको छ ।

उहाँ विसं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त हुनुभएको थियो । घिमिरेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ को दफा २० बमोजिम कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्नुभएको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

विसं २०७४ जेठ ८ गतेदेखि प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आउनुभएका दीप बस्न्यात उमेरहदका कारण फागुन १ गतेबाट अवकाश पाउनुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.