Websoft University

करेन्ट लागेर एक बिद्यार्थीको मृत्यु


गाईघाट, फागुन ३ गते । रातो तारा डट कम,त्रियुगा नगरपालिकाको बगाहामा बुधबार दिउसो करेन्ट लागेर एक स्कूले बिद्यार्थीको मृत्यु भएको छ ।

स्थानीय दुर्गानन्द चौधरीको कुखुरा फर्ममा करेन्ट लागेर
त्रि.न.पा. ३ बगाहाका १५ बर्षिय सुसान चौधरीको दिउसो सवा १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय क्रिमसन बोर्डिङग स्कूलमा कक्षा ६ मा अध्ययनरत चौधरी बिद्यालय नगएर नातामा काका पर्नेको कुखुरा फर्ममा दिउँसो खेल्न गएको प्रत्यक्षदर्सीले बताएका छन् ।

उनलाई कसरी करेन्ट लाग्यने भन्ने बारे केही खुलेको छैन । करेन्ट लागेर लडेको देखेपछि गाउँलेह?ले तत्काल उनलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्याएका थिए ।

तर चिकित्सकह?ले उनलाई उपचार अघि नै
मृत घोषित गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको एस्पी नबराज भट्टले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.