Websoft University

गाइृघाट बाट शान्ति पद यात्रा सुरु



श्याम राई,-गाईघाट फागुन २ गते । रातो तारा डट कम,
बिश्व सुख शान्ति कामना गर्दै ब्रम्हकुमारी राजयोग सेवा केन्द्र उदयपुरले बुधबार गाइृघाट बाट शान्ति पद यात्रा सुरु गरेको
छ ।

८२ औ त्रिमूर्ति महाशिव रात्रीको अबसर पारेर सेवा केन्द्रले बिहान आध्यात्मिक प्रबचन,शिव भगवानको झण्डात्तोलन,शिवलिङगी भक्तिहरुका शान्ति पदयात्रा समेत गरेको छ ।

शान्ति पद यात्रा त्रियुगा नगरपालिकाका बिभिन्न भूभाग हुदै सिराहाको लाहान र अन्य जिल्लाहरुमा समेत गरिने केन्द्रले जनाएको छ ।

शान्ति पद यात्रा कार्यक्रमको त्रियुगा नगरपालिकाका उप मेयर देबी कुमारी चौधरी,उच्च अदालत इलामका न्यायाधिश बीरेन्द्र कर्ण र पत्रकार महासंंघ शाखा उदयपुरका अध्यक्ष भरत बहादुर खड्काले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रमा उप मेयर चौधरीले–“शान्तिका लागि प्रजापति ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्यालयको महत्वपूर्ण देन रहेको बताईन् । आपतबिपद्मा सम्झने सुख र मोज मस्तीमा बिर्सने बानीले मनमा कहिल्यै शान्ति नहुने उनले बताईन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.