Websoft University

विद्यालय भलिबल च्याम्पिनसिप,विराटनगरका आठ वटा स्कुल क्वाटरफाइनलमा पुगे



विराटनगर, फागुन ३ गते । रातो तारा डट कम, विराटनगरमा जारी प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप हिजो भएको पुरूष भलिबल प्रतियोगिता विराटनरका आठ वटा स्कुल विजयी भइ क्वाटरफाइलनमा प्रवेश गरेका छन् ।

विराटनगरमा बुधबार भएको खेलमा मोर्डन एरा, बिकेभिएमले समान अंक, सगरमाथाले ८, कान्तिपुर, लर्डबुद्धले समान ७-७ र जेम्स, अरनीको र ग्रेडेड स्कुलले समान ६- ६ अंक जोडेर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मोरङ विद्यालय भलिबल कमिशन र मोरङ भलिबल संघको संय’क्त आयोजनामा भएको प्रतियोगिताको पहिलो खेलमा राईजिङलाई बिकेभिएमलले २५–२८ र २५–१४ को सोझो सेटले पराजित गरी बिकेभिएम क्वाटरफाइनलमा प्रवेश गरेको छ  ।

सोही दिन भएको दोस्रो खेलमा आइडललाई ग्रेडेडले २५–७ र २५–१४ को सोझो सेटले पराजित ग¥यो । त्यस्तै तेस्रो खेलमा लर्डबुद्धलाई सगरमाथाले १८–२५, २५–२३ र २५–८ को सेटले सगरमाथाले जित्यो । त्यसैगरी चौथो खेलमा कान्तिपुरले आइडललाई २५,१५ र २५–१४ को सोझो सेटले पराजित ग¥यो । पाँचौ खेलमा ब्राइटएन्जलले मालबिकालाई २५–२३ र २५–१० सेटले हरायो । छैठो खेलमा मोर्डन एराले जेम्सलाई २५–१२ र २५–१६ को सोझो सेटले जित्यो । सातौ खेलमा ब्राइट एन्जललाई लर्डबुद्धले १०–२५, २०–२७ र १०–२५ को सोझो सेटले पराजित ग¥यो ।

प्रतियोगिताको दोस्रो खेलहरु शुक्रबारदेखि हुने कार्यक्रम संयोजक इन्द्र राईले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.