Websoft University

अनलाइन मिडिया समुहको बैठक सम्पन्न


विराटनगर  फागुन ५ गते । अनलाईन मिडिया समुह मोरङले आगामी भावी योजनाको बारेमा आज रणनिती र छलफल गरेको छ ।

पूर्वी मोरङको पर्यटकिय स्थल बेलबारीमा रहेको बेतना सिमसारमा शनिबार बसेको समुहको पहिलो बैठकबाट अनलाईन मोरङले  विभिन्न विषयमा छलफल कार्य समिति बिस्तार गर्ने देखि कार्यक्रमको योजना बनाउने समेतको निर्णय भएको छ ।

राज्य पुनसंचना संघीयतामा गएसगै अनलाईनलाई पनि अन्यसञ्चार माध्ययम सरह अगाडि बढाउने भएको छ । साथै मोरङ जिल्ला भरि छरिए रहेका अनलाईनलाई कानुन सम्त परिमार्जन गर्दै  लैजान प्रोत्साहन गर्ने पनि निर्णय गरेको छ ।

यसैवीच एक नम्बर  प्रदेशमा रहेका अनलाईनलाइ पनि केन्द्र स्त्तरका अनलाईनसँगै हातेमालो गर्दै जाने भएको छ ।
विराटनगरका स्वतन्त्र पत्रकार तेजेन्द्र भण्डारीको अध्यक्षतामा गठितअनलाईनले आगामि बैठक देखि १५ कार्य समिति हुने गरी सदस्यता थप गर्ने भएको छ ।

मोरङमा संञ्चालन आउन लागेको पहिलो अनलाईनकी बिनु तिम्सीना र निरन्तर खबर डट कम का दिनेश गिरीलाईलाई कार्य तदर्थसमितिमा समेल गरिएको अनलाईन मिडिया समुहका मोरङका सचिव पुष्पराज थपलियाले जानकारी दिए ।

साथै अनलाईन समुहले तेजेन्द्र भण्डारीलाई केन्द्र स्तरका अनलाईनसँग समन्वय र छलफल गरि समन्वय गर्ने र मोरङका सम्पुर्ण अनलाइनहरुलाई एक जुट बनाउदै लैजानका लागि संयोजक लाइ अधिकार दिने सर्व सम्पत्तिबाटै निर्णय भएको सचिव पुष्पराज थपलियाले जानकारी गराउनु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.