Websoft University

शिक्षाको गुणस्तर र मन्त्रिज्युको अंग्रेजी शिक्षा मोह.


बिराटनगर, फागुन ५ गते । रातो तारा डट कम,यदि कसैले देश विकास र संवृद्दिको सपना देख्छ भने उक्त देशको नेतृत्वकर्ताको ध्यान सर्वप्रथम शिक्षा क्षेत्रमाजानु जरुरी हुन्छ । शिक्षा नै विकासको मेरुदण्ड हो र कुनैपनि देश कति विकसित छ भन्ने कुरा पहिल्याउन सर्वप्रथम त्यस देशको शिक्षा प्रणाली कस्तो छ ? उक्त शिक्षा प्रणालीवाट उत्पादित जनशक्ति कति सवल, सक्षम र गुणस्तरिय छन त्यो हेर्नु जरुरी हुन्छ ।

शिक्षा क्षेत्रलाई वेवास्ता गर्ने अनि संवृद्धिको सपना देख्ने सरकारको सपनाको औचित्य कति हद सम्म सहि छ?  सहजै अनुमान लगाउन सकिन्छ । तसर्थ शिक्षालाई संवृद्धि र विकासको वाहाकको रुपमा संग संगै लैजानु हरेक नेतृत्व र देशको आवश्यकता हो र आवश्यक परेको खण्डमा शिक्षा प्रणाली वा यसका विविध आयामहरु नै परिवर्तन गर्न पनि नेतृत्व पछि पर्नुहुन्न । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, त्यस देशको शिक्षाको सुचक मानिन्छ, तर हाम्रो देशको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर दिनानुदिन खस्कदै
छ ।

 यसका वारेका प्रमाण खोज्न धेरै टाढा जानुपर्दैन, मात्र कक्षा १० को हरेक वर्षको नतिजा विश्लेषण गर्नेहो भने पनि पर्याप्त आधारहरु पाउन सकिन्छ । एकातीर संस्थागत विद्यालयको गुणस्तर वढ्दै जानु अर्कातर्फ सरकारको सवै भन्दा धेरै प्रत्यक्ष लगानि भएको सामुदायिक विद्यालयको गुणस्तर र नतिजा सन्तोषजन नआउनु पक्कै पनि राम्रो संकेत होईन । तर यसो भन्दैमा अतालिहाल्ने स्थीति पनि होईन किनकी यो वर्तमान तीनवटै (संघ, प्रदेश, स्थानीय) सरकारको लागि एउटा चुनौती त हो हो साथै स्तर उकास्ने सुनौलो अवसर पनि हो ।

गुणस्तर सुधारका लागी प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अंग्रेजी शिक्षा
मोह कति उर्युक्त ? मन्त्रालय सम्हाले लगत्तै प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आधारभुत तह अंग्रेजी माध्यममा पठनपाठन गर्ने व्यवस्था मिलाउने घोषण गर्नु भएको छ, के माध्यम भाषा नै शैक्षिक गुणस्तरको कडि हो त ?? अंग्रेजी भाषालाई शिक्षाको माध्यम भाषा वनाउनु कति उपर्युक्त ??
शिक्षा क्षेत्रका अन्य विकराल समस्याहरुलाई नजर अन्दाज गरि भाषामा दोष देख्नु दृष्टीदोष शिवाय अरु
केही हुन सक्दैन । शिक्षा क्षेत्रमा सुधार गर्नुछ भने शिक्षाको माध्यममा हैन यसको व्यवस्थापन, अनुगमन, परिक्षा प्रणाली, क्षमता अभिवृद्धि, शिक्षक छनोट लगायतका विविध क्षेत्रमा विषेश ध्यान दिनु आवश्यक छ ।

आधारभुत
तहसम्म अंग्रेजी भाषामा शिक्षा दिने नीति ल्याउछु र गुणस्तर सुधार गर्छु भन्नु नेपाली समाजमा अंगे्रजी आतकंको प्रभाव कति छ भन्ने प्रष्टै देख्न सकिन्छ । केही हद सम्म यो फाईदाजनक होला तर धेरैमानेमा अंग्रेजी शिक्षा हाम्रो जस्तो वहुभाषिक, वहुजातीय राष्ट्रका लागी झन घातक सिद्द हुनेछ, यसवारेमा केही विश्लेषणात्मक आधारहरु यँहा प्रस्तुत गएिका छन ।

 सिकाईको गति ः शिक्षाको आधारभुत सिद्धान्त र भाषा विज्ञानका दृष्टीकोण अनुसार भन्नेहो
भने वालवालीकाले दोस्रो वा अन्य भाषामा भन्दा आफ्नो मातृभाषामा कुनै पनि कुरा छिटो र राम्रो
सिक्न सक्दछ, जुन स्वयं सिद्ध तथ्य हो ।
 सामाजीकिकरण ः विद्यार्थीको सामाजिकीकरणको विकास, विषयवस्तुलाई वुज्ने क्षमता अन्य
भाषामा भन्दा मातृभाषामा वढी हुन्छ, मातृभाषा वाहेक अन्य भाषा तल्लो कक्षामा अनिवार्य गरिदा
ऋयmmगलष्अबतष्यल न्बउ को स्थीतीको सृजना हुन्छ तसर्थ त्यस्तो शिक्षा विद्यार्थीका लागी
फलदायि हुन सक्दैन ।

 भाषा महत्वपुर्ण कि विषयवस्तु ? ः विद्यार्थीलाई हामिले भाषा सिकाउने कि विषयवस्तु ?
महत्वपुर्ण कुरा पनि यहि हो । उदाहरणको लागि कुनै विषयवस्तु विद्यार्थीलाई सिक्नु छ भने
पहिला उ आँफैमा भाषामा निपुण हुनु जरुरी छ, किनकी भाषा नजानी विषयवस्तु शिक्षण गर्नू
भालुलाई पुराण सुनाए जस्तै हुन्छ । वालवालीकाहरुलाई विषयवस्तुको अवधारणा वुझ्ने भन्दा पनि
पहिला भाषा मै समस्या हुने र विषयवस्तुको गहिराई भन्दा महत्वपुर्ण भाषा लाग्ने भएकोले
शिक्षण अप्रभावकारी हुन जान्छ, फलस्वरुप छलफलको गहिराईसम्म विषयवस्तुलाई ग्रहण गर्न
सक्दैन जति उ आफ्नो भाषामा छलफल गर्दा वुझ्न सक्दछ ।

 सृजनात्मकतामा ह्रास मौलीकपन, वाकपटुता, लेखाई, वादविवाद, छलफल, समुह सिकाई जस्ता
विषयवस्तुहरु अंग्रेजी माध्यमका कक्षाहरुमा नगन्यमात्रामा अभ्यास हुने अवसर प्राप्त हुन्छन ।
आफ्नो भाषामा जति कुनै टपिकमा विद्यार्थीले आफ्नो मौलीकपन प्रस्तुत गर्न सक्छ, छलफलमा
भाग लिन सक्छ त्यति अन्य भाषामा गर्न सक्दैन र उसको सृजनात्मकतामा ह्रास आँउछ, अनि
विद्यमान संस्थागत विद्यालयमा भएको घोकन्ते सिकाई प्रणाली हावी भई कक्षामा
ऋयmmगलष्अबतष्यल न्बउ को स्थीति सृजना हुन्छ जुन कलिलो मस्तीष्क भएका वालवालीकाहरु जो
आफै जिज्ञासा, खोज, छलफल र अनेकौ प्रश्नका माध्यमवाट उत्तरको अपेक्षा गर्ने ती कलीला
दिमागमा नकरात्मक सन्देश प्रवाह हुन्छ ।

 भाव यदि कुनै समुहमा कुनै टपिकलाई अंग्रेजीमा अध्यापन गराईयो र सोही टपिकलाई फरक
समुहमा नेपालीमा अध्यापन गराईयो भने त्यस विषयवस्तुले दिन खोजेको भावमा केही फरक पर्छ
र ? यदि माध्यम फरक हो दिन खोजेको विषयवस्तु उहि हुन्छ भने, माथी उल्लेखित कुराहरुलाई
नजरअन्दाज गरि गरि अन्य भाषा किन प्रयोग गर्ने? आफ्नै भाषा किन प्रयोग नगर्ने ?

 मौलीकपन र आफ्नो संस्कृतीको रक्षा जसरी अहिले संस्कृत भाषाले आफ्नो प्रभुत्व गुमाएर
एउटा मृत भाषाको रुपमा रुपान्तरण हुदै छ, त्यसरी नै अंग्रेजी भाषालाई शुरुका कक्षाहरुमा नै
माध्यम भाषा वनाउदा अंग्रेजीको प्रभुत्व त वढ्छ नै तर नेपाली भाषा वा अन्य मातृभाषाको स्तर
केही दशक पछि कुन स्थीतीमा पुग्छ ?? के हामी नेपाली भाषा वा हाम्रा मातृभाषाका लिपिहरु
देखाउन आफ्ना वालवच्चालाई संग्रालयको ढोका चाहार्ने ? तसर्थ कला, संस्कृती, भाषा, रितिरिवाज
आदी कुनैपनि देशका गहना हुन र यसको जगेर्ना गर्नु हरेक नागरीक र जिम्मेवार निकायको
दायित्व हो वा होईन ?

अवको वाटो
सरकारले (स्थानिय,प्रदेश, संघ) अंग्रेजी भाषामा शिक्षा दिई शैक्षिक गुणस्तर सुधार्छु भन्नु आफैमा लाजमर्नु कुरा हो । होला अंग्रेजीको प्रभाव विश्वव्यापि छ, तसर्थ विश्वस्तरिय जनशक्ति उत्पादन गर्न अंग्रेजी भाषामा पनि निपुणता ल्याउनु जरुरी छ, तर जरुरी छ भन्दैमा ईतिहास, भुगोल, सामाजीक शिक्षा, नैतिक शिक्षा, पुर्वव्यवसायिक शिक्षा, जनसंख्या शिक्षा लगायत विषयहरु जुन विषयले विद्यार्थीको रचनात्कताको विकास गर्न सघाउ पु¥याउछ, जसले आफ्नो देशको कला संस्कृति, इतिहास, भुवनोटको ज्ञान दिलाउछ, जसले नैतिक मार्ग अपनाउन सघाउ पु¥र्याउछ ति विषय पनि अंग्रेजी माध्यमवाट शिक्षण गर्नु युक्ती संगत छैन । अवका सरकारले शिक्षा क्षेत्रलाई वढी से वढी महत्वका साथ राख्नु जरुरी छ, शिक्षा त्यो पनि आधारभुत तहमा अंग्रेजी शिक्षा हैन कि विद्यार्थीको चौतर्फी विकासको लागि संभव भएसम्म अधारभुत तहसम्म मातृभाषा र नेपाली भाषा मै (अनिवार्य अंग्रेजी वाहेक र केही हदसम्म गणित र विज्ञान र लेखा वाहेक) शिक्षा दिनु शैक्षिक मनोविज्ञानका हिसावले र उपर्यक्त हुने छ ।

 शिक्षा क्षेत्रमा भएको चरम राजनितकिरण, अस्थायि शिक्षकका समस्या हल, वैज्ञानिक परिक्षा प्रणाली, युग अनुकुलको व्यवसायिक शिक्षा, गरिव तथा जेहेन्दार छात्रवृत्रि, प्रत्साहनका कार्यक्रमहरु, वालमैत्री विद्यालय भवन र सिकाई प्रणाली, शिक्षामा पर्याप्त लागनी, नियमित अनुगमन, शिक्षकलाई राजनितिमा प्रवेश वन्देज, नतिजामुखी भन्दा उदेश्यमुखी शिक्षण सिकाई प्रणाली आदी जस्ता यावत कुराहरुमा ध्यान नदिई खाली माध्यम भाषालाई मात्र त्रुटी देख्नु शिक्षालाई झन भल्खाडोमा हाल्ने संकेत त हो हो, साथै शिक्षाको क्षेत्रमा राम्रो नेतृत्वको संकेत पनि होईन ।

रामजी पौडेल
कोशी बहुमुखी, क्याम्पस, विराटनगर
एम.एड. दोस्रो वर्ष (अंग्रेजी समुह)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.