Websoft University

विराटनगरमा तेस्रो लायन्स फेस्टिबल हुने


विराटनगर, माघ १९ गते । रातो तारा डट कम,रविराटनगरमा तेस्रो लायन्स मल्टिपल फेस्टिवल हुने भएको छ । डिस्ट्रिक ३२५ ए वानले विराटनगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि फेस्टिवल आउँदो फागुन ५ गते विराटागरम गर्ने जानकारी दिएको हो ।

सम्पूर्ण लायन्स परिवार एउटै थलोमा जम्मा भई एक भाईचारा कायम गर्ने उेद्दश्इले उक्त फेस्टिबलको आयोजना गर्न लागेकोे लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ ए वानका गर्भनर लीला ढुँगेलले बताए । उनका अनुसार सन् २०१७÷०१८ लाई सेवा वर्षका रुपमा मनाइरहेका बेला आयोजना गरिएको फेस्टिवललाई महत्वपूर्ण रुपमा लिइएको छ ।

 लायन्स क्लवले विभिन्न खालका सेवा, कार्यक्रम तथा व्यक्तित्व विकास र उत्प्रेरण एवं आपसी सद्भाव बृद्धिका कार्यक्रम गर्दै आएको उनको भनाई छ ।
सन् २०१५÷०१६ देखि लायन्सका चारवटा डिस्ट्रिकले पालैपालो मल्टिपल फेस्टिवल आयोजना गर्दै आइरहेका छन् । पहिलो मल्टिपल फेस्टिवल चितवनको सौराहामा डिस्ट्रिक ३२५ वी टुले र दोस्रो पोखरामा डिस्ट्रिक ३२५ वी वानले आयोजना गरेका थिए ।

प्रदेश नम्बर १ को राजधानी विराटनगर भएपछि तेस्रो फेस्टिवल यहाँ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । फेस्टिवलमा देशभरका पाँच हजार लायन्स परिवारको सहभागिता रहने छ ।

सन् १९७१ मा विराटनगरबाट लायन्स अभियान आरम्भ भएको थियो । अहिले यसका एक हजार शाखा र ३० हजार सदस्य रहेको जानकारी ढुँगेलले दिए । फागुन ५ गते विहान ७ बजे आदर्श माध्यमिक विद्यालयबाट लायन्स परेड, झाँकीहरु र चारवटै डिस्ट्रिकका लायन्सहरु सहित बजार परिक्रमा गर्दै दिल्ली पब्लिक स्कुलमा कार्यक्रमको आयोजना गरिने छ ।

कार्यक्रम अन्तर्गत अन्तर डिस्ट्रिक फुटबल, व्याडमिन्टन, टेवल टेनिस, चेस, भलिवल, रस्सी तान्ने लगायतका खेलहरु संचालन हुने छन् । त्यस्तै क्वीज, बक्तृत्वकला पनि गरिने छ । ढुँगेलले विजनेस सेमिनार, स्वेच्छिक स्टल, लायन्स फेलोसिप, सांस्कृतिक कार्यक्रम पनि गरिने बताए । खबर पूर्वाञ्चलबाट
ब्ततबअजmभलतक बचभब

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.