Websoft University

मुलुकको विकास र स्थायित्वमा प्रचण्डको जोड

काठमाडौँ, माघ  २० गते । रातो तारा डट कम, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको विकास र राजनीतिक स्थायित्व आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएकी भारतको बाह्य मामिलामन्त्री सुष्मा स्वराजसँग आज भएको भेटमा उहाँले भन्नुभयो – “नेपालको विकास र स्थायित्व आफ्ना पहिलो प्राथमिकता रहेको छ ।

निर्वाचनपछिको वातावरण तथा सरकार गठनबारे पनि आफूहरुबीच छलफल भएको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

नेपालको राजनीतिक स्थायित्व र विकास भारतको चाहना भएको दोहो¥याउँदै मन्त्री स्वराजले त्यसमा भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै उहाँले संघीय र प्रादेशिक संसद्मा वाम गठबन्धनलाई बहुमत प्राप्त भएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.