Websoft University

सूचीकृत सिमसारको रणनीतिक योजना तयार हुँदै

काठमाडौँ, माघ २० गते । रातो तारा डट कम, वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले सरोकार भएका सबै निकायलाई सहभागी गराई रामसारमा सूचीकृत सिमसार क्षेत्रको रणनीतिक योजना यथाशक्य चाँडो तयार गरेर कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ ।

बाइसौँ विश्व सिमसार दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सिमसारको संरक्षण र व्यवस्थापन तथा सिमसारजन्य स्रोतको दिगो तथा बुद्धिमतापूर्ण उपयोग गरी दिगो शहरी भविष्यलाई सुनिश्चित गर्नुपर्ने र सिमसार क्षेत्रका बारेमा संविधानमा भएको अधिकार बाँडफाँटसमेतलाई आधार मानी सबैको राय सुझावको आधारमा राष्ट्रिय सिमसार नीति २०६९ संशोधन गर्नुपर्ने बताउनुभयो ।

‘दिगो सहरी भविष्यका लागि सिमसार’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा वन राज्यमन्त्री कमलादेवी शर्माले सिमसारको संरक्षणमा रहेका चुनौतीलाई सम्बोधन गर्ने कार्यक्रम बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव डा युवकध्वज जिसीले जैविक एवं पर्यावरणीय संरक्षणको दृष्टिकोणले मात्र नभई स्थानीय बासिन्दाको आर्थिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले पनि सिमसार क्षेत्र महत्वपूर्ण रहेको बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का, उपमहानिर्देशक गोपाल भट्टराईलगायतले सिमसारको संरक्षण र दिगो व्यवस्थापनमा सरकारी निकाय, स्थानीय निकाय र गैरसरकारी संघसंस्था सबैको समन्वय र साझेदारी हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालमा गोही संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको गोही संरक्षण कार्ययोजना र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक विश्वनाथ उप्रेतीद्वारा लिखित पुस्तक ‘नेपालमा संरक्षणको प्राम्भिक चरण’ विमोचन गरिनाका साथै विश्व सिमसार दिवसका अवसरमा आयोजित अन्तरमाध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.