Websoft University

निर्माण व्यावसायीका कुरा सरकारले नसुने देशका सबै आयोजना ठप्पै पार्ने चेतावनी

बिराटनगर,माघ २८ गते । रातो तारा डट कम, निर्माण व्यावसायीहरुले आज यहाँ पत्रकार सम्मेलन गरेर हाम्रा मागहरु सरकारले १५ दिन भित्र पनि नसुने देश भरीका  २ अर्व भन्दा बढीका साना ठुला आयोजना ठप्पै पार्ने निमार्ण व्यावसायीहरुले सरकार लाई चेतावनी दिएका छन ।

नेपाल निर्माण व्यावसायी महासंघ देश भरीका निर्माण व्यावसायीहरुको महाँसघ भएकाले सात प्रदेशका ७७ जिल्लामा २ सय ४८ एशोसिएट सदस्य र २ महासंघ गरी १२ हजार ५ सय सदस्य रहेको छाता सगठन हो ।

सरकारको निर्माण क्षेत्रमा करिव ६० प्रतिशत यिनै व्यावसायीहरुबाट गराइ रहेको र १२ हजार भनदा बढी लाई रोजगारी दिइरहेको निर्माण व्यावसायी अहिले महगिले धारासायी हुन लागेको भए पनि सरकारले हाम्रा माग सुनुवाई नगरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष बिष्णु भाई श्रेष्ठले जानकारी गराउनु भयो ।

सरकारले महंगी नियान्त्रण पनि नगर्ने समयमा भुक्तानी नदिने, कर छुटको व्यावस्था पनि नगर्ने र बैकं तरलताले गर्दा व्याज बढ्ने अयोग्यहरुलाई बोल पत्र खरिद गराउने,निर्माण सामाग्रीमा भइरहेका महंगी घटाउनुको सटो सामाग्री कांटेलिङ्घ गर्नेलाई सरकारले प्रोत्सान गर्ने र असोज २३ गते तत्कालिन अध्यक्षको दिन दहाड्रै अत्य लगाएतका कुरा बिष्णु भाइ श्रेष्ठले पत्रकार सम्मेलनमा उठाउनु भएको थियो ।

अहिले देश भरीका साना ठुला आयोजनाहरु मंहगीले प्रभाबित हुन थालेका र ७ सयको सिमेन्ट प्रतिबोरा एक हजार, अलकत्रोको मुल्या बृद्घि, प्रति केजी ७० को फलाम ९० पुगि सक्ता पनि सरकार बोलेन कर छुट वा समायोजन,भ्याट छुट, रकम थपको कुरा, पनि नगरेकाले अहिले निर्माण व्यावसायीहरु मारमा परेकाछन ।

त्यसैगरी निर्माण व्यावसायी महासंघले माथिउल्लेखित कुराहरुलाई समेटेर सरकार संग माग लिखित माग राखिसकेको हुँदा १५ दिन भित्र सरकारले हाम्रा माघका बारेमा सुनुवाई गरेन भने देश भरीका साना ठुला राष्ट्रिय गौरवका आयोजना समेतलाई ठप्पै पार्ने सरकारलाई चेतावनी दिदै, महासंघका अध्यक्ष बिष्णु भाइ श्रेष्ठले पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो ।









Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.