Websoft University

विद्यालय भलिबल लिग च्याम्पिनसिप सुरू


विराटनगर, फाग’न १ गते । रातो तारा डट कम, प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबल प्रतियोगिता विराटनरमा सुरु भएको छ । मोरङ विद्यालय भलिबल कमिशन र मोरङ भलिबल संघको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा विराटनगरका आधा दर्जन स्कुल विजयी भए । मंगलबार भएको पहिलो खेलमा बिकेभिए स्कुलले मालाविकालाई २५–८ र  २५–१५ को सोझो सेटले पराजित गरी ३ अंक जोडयो ।

त्यस्तै दोस्रो खेलमा मोर्डन एकारले गौतमबुद्ध स्कुललाई २५–१२ र  २५–८ को सोझो सेटले  पराजित गरी ३ अंक जोडन सफल भयो । त्यसैगरी तेस्रो खेलमा कान्तिपुरले ग्रेडेडलाई २५–१४ र २५,१६ को सेटले ३ अंक जोडयो । चौथो खेलमा सगरमाथा स्कुलले ब्राइट एन्जललाई २५–१८ र २५–१५ को सोझो सेटले पराजित गरी ३ अंक जोड्यो । त्यस्तै पाँचौ खेलमा लर्डबुद्धले मालबिकालाई २५–१८ र २५–१३ को सोझो सेटले पराजित गरी ३ अंक जोडेको थियो ।

छैठौ खेलमा जेम्सले  गौतम स्कुललाई २५–११ र २५–८ को सोझो सेटले पराजित गरी ३ अंक जोडयो । फागुन ७ गते हुने प्रतियोगितामा विराटनगरका १६  वटा निजी स्कुललको सहभागि रहेको कार्यक्रम संयोजक इन्द्र राईले जानकारी दिए । प्रतियोगिताको उद््घाटन पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका रबिन नगरकोटेले गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.