विराटनगर, पुस २९ गते । रातो तारा डट कम,विराटनगरकी एक महिलाको ८२ हजार रुपैयाँ लुटेर फरार भएको लुटेरालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरीले एक घण्टामा पक्राउ गर्न सफल भएको छ ।
विराटनगर– ८ की हरिप्रिया नेपालको साइकलको ढिकीमा राखेको ब्यागसहित नगद हिजो दिउँसो २ बजे विराटनगरको सोमबारेहाटमा मोटसाइकलमा आएका दुई जना लुुटेराले लुटेर फरार भएका थिए । लुटिने बितिकै मोरङ प्रहरीलाई उनले फोनबाट मौखिक जानकारी गराएकी थिइन् ।
मोरङ प्रहरीले तत्काल मोरङका प्रहरी निरीक्षक सुवास भट्टराई, प्रहरी हल्दार भक्तबहादुर विष्टसमेतको टोलीले विराटनगर – ५ जामुनगाछीबाट लुटेरा सु्क्रवार दिउँसो पक्राउ परेका हुन् ।
यसरी पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिकाका १६ वर्षिय देवा मण्डल, सोही ठाउँका २१ वर्षिय अजय मण्डल पक्राउ परेका
मोरङका प्रहरी उपरीक्षक विष्णुहरी कोइरालाले जानकारी दिए ।
नगद लुटेर फरार भएका लुटेरा सुनसरीतर्फ भाग्दै गर्दा प्रहरीको फन्दामा परेका हुन् । लुटेराले लुट्न प्रयोग गरेको मोटरसाइकसमेत चोरीको रहेको पाइको छ मोरङका डिएसपी कोइरालाले भने, ‘उनीहरुसँग थप अनुसन्धना भइरहेको छ ।’ यस अघि पनि यी लुटेरबाट थुप्रै मानिस लुटिएको बताइएको छ ।
पक्राउ परेका अभियुक्तलाई चोरी तथा लुटपाट अन्तर्गत मुद्दा चलाइने मोरङ प्रहरीले जनाएको छ । हालसम्म मोरङमा जतिपनि अपराधि क्रियाकलमा संलग्नलाई पक्राउ गर्न मोरङ प्रहरी सफल भएको देखिन्छ। यस्तो घटनामा पक्राउ गर्न मोरङ प्रहरीले सादा पोशमा खटिएका प्रहरी परिचालन गर्ने गरेको छ ।
Post a Comment