Websoft University

नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ



भीमदत्तनगर, पुस २९ गते । रातो तारा डट कम, प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलीले नेपाली रु एक हजारको नक्कली नोट बनाइरहेको अवस्थामा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाटका २२ वर्षीय बलवीर सिंह र १९ वर्षीय कृष्ण सिंहलाई पक्राउ गरेको क्षेत्रीय अनुसन्धान ब्यूरोका प्रहरी सहायक निरीक्षक केशव जोशीले जानकारी दिनुभयो ।

अभियुक्तहरुको साथबाट रु एक हजारको नोट बनाउन लागि काटेका कागज, विभिन्न केमिकल र मेसिनसमेत ब्यूरोले नियन्त्रणमा लिएको उहाँले बतानुभयो । “हामी एक महिनादेखि नक्कली नोट बनाउने गिरोहबाट विशेष निगरानीमा थियौँ ।”

प्रहरी सहायक निरीक्षक जोशीले भन्नुभयो, “पक्राउ परेका अभियुक्तहरु लामो समयदेखि भारतमै बसेर नोट बनाउन सक्रिय थिए ।” उहाँले विभिन्न उपायबाट अभियुक्तलाई नोट छाप्न भन्दै सीमा क्षेत्रसम्म ल्याइपु¥याउँदै नियन्त्रणमा लिन सफल भएको बताउनुभयो ।

“अभियुक्तहरुले भारतकै हिमाञ्चलबाट नक्कली रुपैयाँ बनाउने मेसिल ल्याएको प्रारम्भिक अनुसन्धानबाट देखियो ।” जोशीले भन्नुभयो, “नक्कली नोट बनाउन ठूलो गिरोह सक्रिय छ ।” पक्राउ परेका अभियुक्त र भेटिएका सामानसहित ब्यूरोले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाएको छ । (तस्वीर उपलब्ध छ) 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.