(फाएल फोटो)
शिव भट्टराई -इटहरी, पुस २८ गते । रातो तारा डट कम,नेपाल तामाङ घेदुङले यो बर्षको सोनाम ल्होसारको मिति गलत भएको जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले फागुन ४ मा पर्ने सोनाम ल्होसारलाई माघ ४ गते पर्ने भनेर उल्लेख गरेको भन्दै घेदुङले आपत्ति जनाएको छ । उसले यस वर्षको सोनाम ल्होसार फागुन ४ मा नै मनाउन आग्रह समेत गरेको
छ ।
इटहरीमा शुक्रबार पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा पञ्चाङ्ग निर्णायक समितिले हिन्दु सूर्य पात्रो अनुसार निर्णय लिएर एक महिना अगाडि नै माघ ४ गते सोनाम ल्होसार उल्लेख गरेको जनाइएको छ । सरोकारवाला संस्थाले पाञ्चाङ्ग निर्णायक समितिको भ्रममा नपरी फागनु ४ गते सोनाम ल्होसार भव्यताका साथ मनाउन घेदुङले आग्रह गरेको छ ।
तामाङ संवत् मञ्जूश्री तत्व कृषि चन्द्र पात्रोको तिथिअनुसार मिति तोकिनुपर्नेमा हिन्दु सूर्य पात्रोलाई आधार मानेर गलत मिति उल्लेख भएको तामाङ घेदुङ प्रादेशिक कार्यसमिति, प्रदेश नम्बर १ का अध्यक्ष मित्रसेन योञ्जनले बताए ।
यता सरकारले भने माघ ४ र फागुन ४ दुबै दिन बिदाको घोषणा गरेको छ । सरकारी पात्रोमा सोनाम ल्होसारका लागि माघ ४ गते सार्वजनिक विदा घोषणा गरिएको छ भने फागुन ४ गते ग्याल्बो ल्होसारका लागि सरकारी विदा दिइएको छ ।
यसैवीच नेपाल तामाङ घेदुङले पाञ्चाङ्ग निर्णायक समितिमा हिन्दु सूर्य पात्रोका जानकार मात्रै नभएर चन्द्र पात्रोका जानकारहरु पनि राख्न माग गरेको प्रदेश कार्यसमितिका पदाधिकारी मणि तितुङ तामाङले पत्रकार सम्मेलनमा बताए।

Post a Comment