Websoft University

चर्चित निर्देशक काजिस र कृष्टीको अभिनयमा निकै मन छुने ‘तिम्रो साथ ’ भिडियो सहित


काठमाडौं, पुस २८ गते  । रातो तारा डट कम,विन्दवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका मेलिना राई र गायक उत्तम विक्रम विष्टका आवाजमा रहेको निकै मन छुने ‘तिम्रो साथ ’बोलको गीतको अडियो तथा भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

आधुनिक विधाको गितहरु संगितीक बजारमा न्युन भै रहेको अवस्थामा सन्जु पौडेलले तिम्रो साथ चर्चित कलाकारहरुको आवाज र अभिनयमा ल्याएकी छन । जिन्दगीका दुख सुख सगै जिउने , साथ पाउदाँ एक अर्काको प्रगति र मायामा खुशीयाली वातावरण सिर्जना भएको छ । जिवनको अन्तीम पलमा पनि मायालुकै साथमा बाच्ने कसम गितमा खाइएको छ । रिसाएर पनि आफनी मायालुलाई नरिसाउन र जिवनका स्वणीम सपना सजाउन भनेका छन ।

‘तिम्रो साथ’ बोलको भिडियोमा काजिश श्रेष्ठ र कृष्टी पुन श्रेष्ठको अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशक रहेको यस भिडियोमा अजय रेग्मीको छायाङ्कन रमित ओली को सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियोः

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.