विराटनगर, पुस ३० गते । रातो तारा डट कम,
नेपालमै नमुना बस्ति निर्माण अभियान चलाई रहेको धुर्मुस सुन्तली फाउन्डेसलाई विराटनगर महानगरका मेयर भीम पराजुलीले १ लाख १ हजार १ सय ११ रुपैया प्रदान गर्नु भएको छ ।
नमुना बस्ति निर्माणमा सहयोग पुगोस भन्ने उदेश्यका साथ उक्त रकम हस्तान्तरण गरिएको मेयर पराजुलीले जानकारी दिनु भयो । विराटनगरमा न्यानो कपडा वितरणका लगि आइपुगेका धुर्मुसलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको थियो । मैले मेरो व्यक्तिगत रकम हस्तान्तरण गरेको हो कार्यक्रममा मेयर पराजुलीले भने देशका लागि केही गरौ भन्नेलाई हौसला दिन आबश्यक छ ।
चेक बुझ्दै सिताराम कट्टेल –धुर्मुसले मन भएका दानी व्यक्तिहरुकै सहयोगमा नमुना बस्ति निर्माण हुने बताउनु भयो। उहाँले उक्त रकम नमुना बस्तिमा खर्च गरिने बताउनु भयो । यस्तै , धुर्मुस सुन्तली फाउन्डेसनले विराटनगर स्थित पोखरिया परोपकार घाटमा रहेका विपन्न तथा दलित परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले करिव ३ सय घरपरिवारलाई न्यानो कपडा वितरण गरेको हो । तराईका जिल्लाहरुमा शितलहर बढेपछि न्यानो कपडा अभियान थालेको धुर्मुस सुन्तली फाउन्डेशका सिताराम कट्टेलले जानकारी दिनुभयो । स्थानीय प्रशासनसँग समन्वय गरेर पिडा बढी भएको स्थानमा न्यानो कमल वितरण गरिएको उहाको भनाई थियो ।
बारा जिल्लाबाट सुरु गरिएको अभियान रौतहट, सर्लाही, धनुषा, महोतरी सर्लाही, सप्तरीमा न्यानो कमल वितरण गरिसकेको उहाले बताउनु भयो । यसअघि धुर्मुस सुन्तली फउन्डेसनले २९ सय घरपिरवारलाई न्यानो कमल वितरण गरिसकेको कार्यक्रममा जानकारी दिइएको थियो । अहिले वितरण गरिरहेको न्यानो कमल एनआरएनले आरसिसि चाइनाबाट सहयोग प्रदान गरेकाले वितरण गरिएको उहाले जानकारी दिनुभयो । यस्तै उहाले एकीकृत आवास निर्माण अभियान (सन्तपुर बस्ती) अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभयो ।
Post a Comment