Websoft University

राजविराज नगरपालिकाको बजेट रु ५९ करोड


राजविराज, सप्तरी, पुस ३० गते । रातो तारा डट कम,
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको आर्थिक समृद्धि एवं विकासका लागि सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

राजविराज नगरपालिकाको प्रथम नगरसभाको शुक्रबार उद्घाटन गर्दै यादवले राष्ट्रियताको सवालमा राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

अधिकारसँगै विकास र निर्माणलाई अगाडि बढाए मात्र समाजको विकास हुने बताउँदै उहाँले आगामी दिनमा संविधान संशोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मुलुककै पुरानोमध्ये एक र भारतको गुलाबी शहर जयपुरको नक्शामा आधारित नगर योजनानुरुपको शहर राजविराज नगरपालिकाको पहिलो नगरसभामा राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले आव २०७५÷०७६ का लागि रु ५८ करोड ७२ लाख ७४ हजार ८७२ बराबरको बजेट प्रस्तुत गर्नुभयो ।

सभामा प्रदेशसभा सदस्यद्वय मनिषकुमार सुमन र शैलेन्द्रप्रसाद साह, सप्तरीका प्रजि भागीरथ पाण्डेयलगायतल छुट भएका अन्य शीर्षकलाई आगामी दिनमा विस्तारै समायोजन गर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.