Websoft University

१० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता


विराटनगर, माघ ५ गते । रातो तारा डट कम, विराटनगरमा जारी १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको महिला एकलमा मेघा श्रेष्ठ र चन्द्रमाया राई फाइनलमा प्रवेश गरेकी छिन् ।

राखेप च्याम्पियनसिप अन्तरगत शुक्रबार विराटनगरको जुट मिल स्थितमा रहेको कोर्टमा सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलकी मेघाले पश्चिमाञ्चलकी प्रिती बराललाई ४–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेह गरेकी हुन ।

त्यस्तै मध्यमाञ्चलकी चन्द्रमाया राईले मध्यमाञ्चलकै एलीजा रन्जितलाई ४–०
कोे सेटले पराजित गरी फाइनलमा प्रवेह गरेकी हुन् । बैजनाथपुर रंगशालाको कोर्टमा पुरुष एकलको पश्चिमाञ्चलका नविन मगर, मध्यपश्चिमाञ्चलका राजकुमार थापा र
सुदुरपश्चिमाञ्चलका रोमियो शाही विजयी भइ क्वाटरफाइनलमा प्रवेह गरेका छन् ।

पश्चिमाञ्चलका मगरले एपिएफका सुमन लामालाई ४–१ को सेटले पराजित गरेका छन् .
मध्यपश्चिमाञ्चलका थापालेदमध्यपश्चिमाञ्चलका गोविन्द नेपाललाई ट्राइब्रेकरमा ७–५ को सेटले पराजित गरेका छन् त्यस्तै सुदुरपश्चिमाञ्चलका शाहीले एपिएफका आयूश्मान घलेलाई ४–२ को सेटले पराजित गरेका
छन् ।

मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपुर रंगशालाको कोर्ट र जुट मिलमा रहेको कोर्टमा प्रतियोगिता भइरहेको छ।.

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.