Websoft University

इटहरीमा भोलिदेखि सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुने



शिव भट्टराई - सुनसरी माघ ५ गते । रातो तारा डट कम,
इटहरीमा शनिबारदेखि सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप गर्ने जानकारी दिएको छ। प्रतियोगितामा पहिलो हुनेलाई ११ लाख, दोस्रो हुनेलाई पाँच लाख नगद पुरस्कार दिइने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । इटहरी रंगशालामा खेल हुने छ । खेलको लागि प्याराफिट निर्माणको काम सकिएको जनाइएको छ ।

बिगतमा गर्दै आएको फुटबल प्रतियोगितालाई यस बर्ष अझ ब्यवस्थित गरि सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष सन्जीब ढुङ्गानाले बताए । क्लबले यसअघि दानबहादुर स्मृती गोल्डकप फुटबल प्रतियोगिता, इटहरी गोल्डकपको नाममा फुटबल प्रतियोगिता गर्ने गरेकोमा यो वर्षदेखि भने नाम परिवर्तन गरेर पुरस्कार राशी थप गरेको हो ।

प्रतियोगितालाई राखेप, मदन भण्डारी फाउण्डेशनको सहयोग रहने बताइएको छ । प्रतियोगीताको मुख्य प्रायोजन रमपमले गरेको छ । इटहरीलाई स्पोर्टर्स सिटी बनाउने अभियानमा यो प्रतियोगिताले पुलको काम गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचीव केशवकुमार विष्टले जानकारी दिए । उनले रातो किताबमा समावेश गरिइसकेको यो प्रतियोगिता इटहरीमा गर्ने निर्णयले इटहरीको समग्र विकासलाई फाइदा हुने बताए ।

प्रतियोगितामा नेपाल, भारत र भुटान गरेर रुस्लान थ्रि स्टार क्लब, शसस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, डूक युनाइटेड एफ.सी, मनाङ्ग मस्र्याङ्गदी क्लब, रमपम, राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ्ग क्लबको सहभागिता रहने जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.