विराटनगर, माघ ५ गते । रातो तारा डट कम,विरेन्द्र सभागृहमा प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण गरिने भएको छ । आज भएको सर्वपक्षिय छलफलपछि प्रदेशसभा सदस्यहरुको सपथग्रहण आइतवार विहान विरेन्द्र सभागृहमा गर्ने सहमती भएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलले प्रदेश सभा सदस्यलाई विरेन्द्र सभागृहमा सपथग्रहणको व्यावस्था मिलाउने निर्णय गरेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिएका छन् । हाल विरेन्द्र सभागृहका धेरै कुर्सीहरु प्रयोग गर्न नमिल्ने अवस्थामा छन् । सपथग्रहण समारोह आयोजना गर्नुअघि सभागृहको मर्मत गर्न बैठकले महानगरपालिकाको जिम्मा दिएको छ ।
आज बसेको बैठकले प्रदेश प्रमुखको कार्यालय र निवासकालागि क्षेत्रिय पशु सेवा निर्देशनलायको भवन प्रयोग गर्ने निर्णय गरेको छ । विराटनगरका केही प्रदेश सभा सदस्य, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेताहरु उपस्थित छलफलले मुख्य मन्त्री र प्रदेख प्रमुख सचिवको कार्यालय क्षेत्रिय कृषि निर्देशनालयलाई बनाउने निर्णय गरेको छ ।
प्रदेश सभाकालागि जिल्ला समन्वय समितिको हललाई प्रयोग गरिने भएको छ भने जिल्ला समन्वय समितिको दुईवटा तल्लालाई सभामुख र उपसभामुखको सचिवालयकालागि प्रयोग गर्ने निर्णय भएको छ ।
खबर पुर्वन्चलबाट
Post a Comment