Websoft University

जेफालेमा गुन्जियो गजल र कविता


युवराज ठकुरी/सिंहदेवी,मोरङ- पुस २९ गते । रातो तारा डट कम,उत्तरी मोरङ केराबारी गाउँपालिका-२,सिंहदेवी र चौविसे गाउँपालिका-८,बसन्तटारको सिमानामा अवस्थित पर्यटकीय ठाउँ जेफाले भ्यु टावरमा २९गते शनिबार कक्फेक्वा तङ्नाम अर्थात माघे सक्रान्तिको अवसरमा शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ।
       
उत्तरी मोरङ साहित्य मन्चद्वारा आयोजित कार्यक्रममा जेफालेको चिसो मौसममा कवि तथा गजलकार शुक्र आङ्देम्बे यसरी "माघे सक्रान्ति" (कक्फेवा तङ्नाम) शीर्षकमा आफ्नी प्रेमिका र माघे सक्रान्तिलाई आफ्नो कविता मार्फत सम्झिरहेका थिए।
 
कति दुख गर्छौ प्रिया भो अब भित्र जाउ
मेरो मायाले चोखिएर निधारमा प्रेमिल टीका लगाउ,
आज त तरुल खाने पर्व हो नि प्रिया   
जतन गरेर तिम्रै लागि भनेर एक ठुन्का तरुल ल्याएको छु।
बिस्तारै पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गरेको जेफालेको चिसो मौसमको पर्वाह नगरी पहिलो पटक जेफाले भ्यु टावरमै पुगेर पहिलो पटक एक दर्जन स्रष्टाहरुले आफ्ना आफ्ना सिर्जना कविता र गजल मार्फत प्रस्तुत गरेका थिए।
     
मंचका अध्यक्ष कवि सन्देश तुम्बापोको सभापतित्व र कवि कविन्द्र तुम्बापोको संचालनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि रातोतारा डटकमका सम्बादाता, गजकार युवराज ठकुरी अज्ञानी,अतिथिहरु कवि शुक्र आङ्देम्बे,कवि सानू लिम्बू ,कवि हृदय थेगिम,गजलकार राजेश लिम्बू,कल्याणकारी माविका शिक्षक राम बस्नेत,लक्ष्मी आधारभुत विद्यालयका कमल ठकुरी ,स्वास्थ्य चौकी सिंहदेवीका पुकार राउत लगायतले माघे सक्रान्तिको शुभकामना व्यक्त गर्दै गजल र कविता वाचन गरेका मन्चका कविन्द्र तुम्बापोले बताए ।

साहित्य र आन्तरिक पर्यटनलाई स्थापित गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम जेफाले भ्यु टावरमा गरिएको सस्थाका उपाध्यक्ष राजेश किराँतीले बताए।जेफालेको फेदी बिहिबारेमा नयाँ वर्ष २०७४,को उपलक्ष्यमा गजल र लोकगीत प्रतियोगिता भइसकेता पनि जेफालेको टुप्पोमा यस्तो कार्यक्रम पहिलो पटक भएको शिक्षक कमल ठकुरीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.