बिराटनगर, पुस २९ गते । रातो तारा डट कम, आर्थिक बचत तथा ऋण सहकारी संस्थाको छैटौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाका प्रमुख अतिथि मोरङ जिल्ला अदालत वार का सचिव अधिवक्ता पिकम राईले सभालाई सम्वोधन गर्दै,यो सहकारी २०६८ सालमा स्थापना भएर पनि छोटै समयमै यसले सेवामुलक भावनाले काम गर्दै आज यो अबस्थामा ल्याईपुगाएकाले सबैलाई धन्यावाद छ साधारण सभा सफलताको शुभ कामनाछ भन्नु भयो ।
कार्यक्रममा सस्थाका सभापति गोकुल बहादुर केसीले आफनो प्रतिबेद पेस गरे पछि लेखा समिति र अन्य समितिहरुले पनि साधारण सभामा आ आफना प्रतिबेदन पेस गरेका थिए ।
कार्यक्रममा अतिथि राम बहादुर केसी ज्यू ले आफनो सुभ कामना मनत्व्य राखे पछि अथिति अधिवक्ता मोहन सिंह लिम्बूले सहकारी आन्दोलन संगठको बारेमा आफनो धारणा राख्दै कार्यक्रम सफलताको सुभ कामना दिनु भएको थियो ।
त्यसैगरी सेयर सदस्यहरुका तर्फबाट अतिथि स्वतन्त्र पत्रकार तेजेन्द्र बहादुर भण्डारीले सहकारी आन्दोलन र संगठन सहयोगी भावना सेवा मुलक सस्था,आर्थिक बचत तथा ऋण सहकारी हो, यसले मानिसहरुको सानै भए पनि धेरै खाले गर्जो टार्न सहयोगी हुने भएकाले यसको समाजमा ठुलो महत्व रहेको बताउनु भएको थियो ।
साधारण सभामा लेखा समिति संयोजक मोहन राई, शरद वराल, मनिसा निरौंला,सरस्वती पाण्डे लगाएतले शुभ कामना दिनु भएको थियो ।
आर्थिक बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा
कार्यक्रममा उपस्थित सेयर सदस्यलगाएत सबैलाई सस्थाकी सदस्य श्रीमती दुर्गा कुमारी देवकोटा भण्डारीले स्वागत मनत्व्य राख्नु भएको थियो ।
गोकुल केसीको अध्यक्षतामा भएको कार्यक्मा राजेन्द्र सुवार र संस्थाकी सचिव सन्तोसी सुवारले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।
Post a Comment