बिराटनगर, पुस २९ गते । रातो तारा डट कम, आर्थिक बचत तथा ऋण सहकारी संस्था लि को साधारण सभाबाट तीन वर्षका लागि कार्यसमिति र्निबिरोध चैन भएका छन भने सभापति पदका लागिमात्र निर्वाचन गर्नु परेको थियो ।
बिराटनगर १२ मा रहेकोआर्थिक बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा सभापति पदमा सरस्वती पाण्डे र गोकुल बहादुर केसीको उम्मेदवारी परेकाले निर्वाचन प्रकृया अपनाउनु परेको थियो ।
सभाले प्रमुख अतिथि तथा अधिवक्ता पिकम राई, अतिथि अधिवक्ता मोहन सिंह लिम्बू अनलाई न्युज मिडिया समुहका संयोजक तथा स्वतन्त्र पत्रकार तेजेन्द्र भण्डारीलाई सभाले निर्वाच अधिकारी तोक्यो ।
यसरी निर्वाचन प्रकृयाबाट मतदान गर्दा सरस्वाती पाण्डेको १२ मत र गोकुल बहादुर केसीको २१ मत प्राप्त गरेर गोकुल बहादुर केसी भारी मतबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएकोछ भने अरु सबै पद र्निबिरोध भएका छन ।
आर्थिक बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षमा गोकुल बहादुर केसी, उपाध्यक्षमा मोहन राई,सचिव, सन्तोषी सुनुवार, कोषाध्यक्ष निना राई, सदस्यहरुमा क्रमस, श्रीमती दुर्गा कुमारी देबकोटा,भवानी सुवेदी,मिरा शाक्य,सिता केसी, अनिता महत,रहनु भएकोछ ।
त्यसैगरी लेखा समितिमा संयोजक शरद वराल, सदस्य अरुण तिम्सिना, सिता घिमिरे तिम्सिना, रहनु भएको छ ।
Post a Comment