गोपाल काफ्ले -पथरी, पुस ३० गते । रातो तारा डट कम,
प्रथम टंकबहादुर आले मगर स्मृती कप वडास्थरीय नक आउट फुटवल प्रतियोगितामा वडा नं. ५ विजयी भएको छ ।
खेल १४ औं मिनेटमा वडा नं. ५ का गणेश कार्कीले गोलको खाता खोल्दै अग्रता लिएका थिए भने दोस्रो हाफको १६ औ मिनेट वडा नं. ९ का भुवन लिम्बुले गोल गर्दै खेल बराबरीमा पुर्याए । दोस्रो हाफको २१ औ मिनेटमा वडा नं. ५ का गणेश कार्कीले थप गोल गर्दै अग्रता दिलाए पनि वडा नं. ९ का भुवन लिम्बुले २४ औ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै खेल बराबरी बनाए । निर्धारित समयमा दुवै टिमले थप गोल गनै नसके पछि खेल पेनाल्टी सुट आउटमा धकेलेको थियो । पेनाल्टी सुट आउटमा पनी खेलको निर्णय नभए पछी सडन डेथमा वडा नं. ५ ले ५ का बिरुद्ध ६ गोल गर्दै पराजित गर्दै उपाधि चुम्यो । उपाधिसँगै वडा नं. ५ ले नगद ५० हजार ट्रफी तथा प्रमाण पत्र र उपविजेताले २५ नगद हजार ट्रफी प्रमाण पत्र प्राप्त गरेको छ ।
खेलको म्यान अफ द फाइनल भुवन सुब्बा उदयमान खेलाडी सुबत खपाङगी उत्कृष्ट डिफ्रेन्स एमिल श्रेष्ठ
उत्कृष्ट मिडफिल्डर सौगात राई उत्कृष्ट फर्वाड सुबत मगर, हाई स्कोर गणेश कार्की र उत्कृष्ट गोल किपर कपिल भट्टराई घोषित भए । विजेता तथा उपविजेता दुबैलाई लेटाङ नगरपालिका मेयर शंकर राईले पुरस्कार प्रदान गरे ।
लाफा क्लवले आयोजनामा पौष २३ गते देखि सुरु भएकोे खेलमा क्याप्छाकी आले मगर परिवारको प्रायोजन गरेको थियो । खबर पूर्वाञ्चल
Post a Comment