Websoft University

शिक्षादीपका प्रजेशले ६ वटै विषयमा ए प्लस ल्याए


विराटनगर, पुस ३० गते । रातो तारा डट कम,विराटनगरमा रहेका निजी उच्च माध्यमिक विद्यालयले कक्षा ११ मा नतिजा राम्रो ल्याएको दाबी गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आइतबार बेलुका सार्वजानिक गरेको नतिजामा विराटनगका उच्च माविको नजिता देशकै टप टेनमा परेको दाबी गरिएको छ । विराटनगरको शिक्षादीप कलेजले भने आफ्ना विद्यार्थीले देशभरमै सर्वोत्कृष्ठ नतिजा ल्याएको दाबी गरेको छ । शिक्षादीपका प्रजेश श्रेष्ठले ६ वटा विषयमा ए प्लस नतिजा ल्याएर नेपालकै सर्वोत्कृष्ठ भएको कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्काले जानकारी दिए ।

विज्ञान विषयमा अध्ययनरत उनले फिजिक्स, क्यामेष्ट्रि, म्याथमेटिक, कम्प्युटर साइन्समा ए प्लस ल्याएका छन् भने अंग्रेजी र क्यामेष्ट्रिको थ्योरीमा भने ए ग्रेड ल्याएका छन् ।

यस्तै विराटनगरका अन्य निजी उच्च माध्यमिक विद्यालयले पनि देश उत्कृष्ट नजिता ल्याएको दाबी गरेका छन् । विराटनगरमा रहेको शिक्षादीप, एभेरेष्ट उच्च मावि, अर्किड उच्च मावि, कोबास कलेज, ग्रिनल्याण्ड कलेज, कान्तिपुर कलेज, अरनिको कलेज, मेरिल्याण्ड कलेज, लर्डबुद्ध कलेज, होलिल्याण्ड कलेजलगायतले उत्ृकष्ट नतिजा ल्याएको बताएका छन् । यी उच्च माविमा अध्ययरत विद्यार्थीले परीक्षामा ए प्लस, ए र बी प्लस र बी ग्रेड ल्याएको उच्च माविले जनाएका छन् । खबर पूर्वाञ्चल

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.