Websoft University

रेडक्रसले आज न्यानो कपडा बितरण गर्यो

बिराटनगर पुस ३० गते । रातो तारा डट कम,
सुशीला-नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले आज मोरङका विभिन्न स्थानमा ६ लाख ७६ हजार मूल्य बराबरको न्यानो कपडालगायतका राहतका सामाग्री वितरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले शीतलहरबाट प्रभावितहरुलाई न्यानो कम्बल लगायतका सामाग्री वितरण गरेको  हो। मोरङको कसेनीमा ५० थान,बाहुनीमा ५०, गोविन्दपुरमा ५०  सिजुवामा ५३ थान,विराटनगरको बखरीमा १ सय ४ थान, कदमाहमा ५० थान, सिसवनी बडहरामा ५० थान  कम्बल वितरण गरेको रेडक्रस मोरङले जनाएको छ ।

यसैगरी मोरङको धनपालथानमा   १ सय १० जना एकल महिलाहरुलाई कम्बल, प्रतिपरिवार १० केजी चामल, साडी लगायतका राहत सामाग्री वितरण गरेको छ । यस्तै जहदामा १ सय थान, बेलबारीमा ५० थान, उर्लाबारीमा ४५ थान, विराटनगरमा १ मा १ सय थान कम्बल वितरण गरेको नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका सभापति सुबोध सिंहले बताउनु भयो ।

सभापति, नेपाल रेडक्रस सोसाइटी, मोरङ शाखा
यस्तै उहाले राहत कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाउने जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.