बिराटनगर पुस ३० गते । रातो तारा डट कम,थारु समुदायले आफनो मुख्यपर्वको अवसर पारेर मोरङको ग्रामथान गाउपालिको तेतरियामा माघि महत्सोव २०७४ को आयोजना गर्ने भएको छ । थारु महिला सभा जिल्ला कार्य समिति मोरङको आयोजामा आागामी माघ–६ गते माघि महोत्सवको हुन लाथेको हो ।
थारु महिलासभाले विराटनगरमा आज पत्रकार सम्मेलनगरी महत्सव वारे जनकारी गराएको हो । महोत्सवमा थारु समुदाय खाना परिकार, आफनो सस्कृति झल्कने झाकी, नृत्य समेत गरिने भएको महिलासभाकी अध्यक्ष कल्पना चौधरीले वताउनुभयो ।
यसैगरी महोत्समा थारु समुदायको परिकार चिछोरी भात, वगिया, भक्का , तिलको लडु, घुङि, झुना माछा तथा परेवा साथै हासको मासु लगायत विभिन्न परिकार राखिने अध्यक्ष चौधरीले वताउनुभयो ।
महोत्सवमा मोरङ क्षेत्र न ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदी थारु , प्रदेसभा सदस्य विजय विश्वास, चुमनारायण तवदारलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
महोत्सव विषेशगरी थारु भाषाको पौराणिक गित, नृत्य प्रस्तुति गरिने भएको छ । यसैगरी महोत्सवम मगरसंघले मगरहरुको हुरानाच समेत प्रर्दशन गर्ने भएका छन ।
भोलि माघ १ गते बिराटनगर एरपोटमा एक दिने मेला लाग्ने
आयोजकले जानकारी गराएका छन।
Post a Comment