खोटाङ, माघ २ गते । रातो तारा डट कम,किरात राई विद्यार्थी संघ केन्द्रीय समितिले २००७ सालका क्रान्ति नायक रामप्रसाद राईको सम्झना र सम्मान गर्दै यले सम्बद्ध ५०७८ सालको नयाँ बर्ष खोटाङ जिल्लाको खोटेहाङ्गमा मनाएका छन् ।
नेपालकै संस्थापकको रुपमा मानिन्दै आएको हाङ यलम्बरको सम्झनामा यले सम्बतको स्थापना भएको हो । किरातीहरुले माघ १ गतेलाई नयाँ बर्ष मनाउदै आएका छन् । किरात राई विद्यार्थीहरुको साझा संगठन किरात राई विद्यार्थी संघले यो सालको नयाँ बर्ष जननायक रामप्रसाद राईले खोटाङ बजारमा रोपेको सोमि गाछीमा शुभकामना आदानाप्रदान गरेर मनाएका हुन् ।
नायक रामप्रसाद राई पूर्वी नेपालबाट राणा शासकहरुलाई फौजी हमला मार्फत पराजित गर्दै काठमाडौंको सिंहदरबारसम्म कब्जा गरेका थिए । नायक राईको कमाण्डमा २००७ साल मंसिर २४ गते भोजपुर कब्जा गरेका थिए । त्यसपछि संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्ग, खोटाङ, ओखलढुङ्गाहुदै काठमाडौं पुगेर माघमा सिंहदारबार कब्जा गरेका थिए । दिल्लीमा भएको त्रीपक्षीय सम्झौताको विरोधमा रहेका नायक रामप्रसाद राई सिंहदर कब्जापछि वेपत्ता भएका थिए ।
उनै रामप्रसाद राईले रोपेको सोमीको रुखमुनी संघले नयाँ बर्ष मनाएका हुन् । संरक्षणको पर्खाइमा रहेको रुख किरात राई विद्यार्थी संघले नायक राईको सम्मान र सम्झनाको लागि स्मृति पार्क बनाउन लागेको संघकी केन्द्रीय अध्यक्ष बिर्सिका राईले बताए । संघले खोटेहाङ टुडिखेलको नाम जननायक रामप्रसाद राई नामाकरण गर्ने, रुख भएको ठाउँमा नायक राईको मूर्ती बनाएर स्मृर्ति पार्क बनाउने निर्णय समेत गरेको संघका महासचिव सोभित राईले बताए ।
जननायक रामप्रसाद राई स्मृति पार्क निर्माणको लागि संघको खोटाङ जिल्ला अध्यक्ष सुशिला राईको अध्यक्षतामा नौ सदस्यीय निर्माण समिती गठन गरेको छ । सदस्यहरुमा दिपेन राई, पुर्णशेर राई, सपना राई, दिपक राई, अनिल राई र हिमाल राई रहेको संघले जनाएको छ । सदस्य दिपेन राई खोटाङ—२ को वडा अध्यक्ष र सपना राई दिप्रुङ गापाको उपप्रमुख हुन् । संघले केही महिना अघि सोमीको रुखमा बोर्ड राखेको छ ।
स्मृर्ति पार्क निर्माणको लागि नव निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेश सभा सदस्यहरु राम कुमार राई, खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई लगायत १५ सदस्यीय सल्लाहाकार समिति समेत गठन भएको संघकी अध्यक्ष बिर्सिका राईले बताए ।
२००७ सालका नायक राईको सरकारले हुलाक टिकट प्रकाशन गर्नु बाहेक वास्ता गरेका छैन् ।
किरात राई विद्यार्थी संघले भने नायक राईलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गर्दै आएका छन् । स्थानीय जनताको प्रस्तावमा भोजपुरमा एउटा रामप्रसाद राई गाउँपालिकाको नाम राखिएको छ । रामप्रसाद राई तत्कालील भारतीय ब्रिटिस सेनामा नाम काटेर आएपछि नेपाली सेनामा भर्ति भएका
थिए । तत्कालीन सरकारले राईलाई विजन दर्ता हाकिमको रुपमा ओखलढुङ्गा पठाएका थिए ।
राईले भोजपुर अड्डा, छोटि अड्डा दिङ्ला र खोटाङको बढाहामिक भएर काम गरेका थिए । खोटाङको हाकिम हुदा टुडिखेल छेउमा सोमीको विरुवा रोपेका थिए । जागिरमा हुदै भित्रभित्र राणा विरोध आन्दोलनमा लागेका रामप्रसाद राई हाकिमबाट राजिनाम दिएर आन्दोलनमा लागेका थिए ।

Post a Comment