Websoft University

म्याक्स अस्पतालले जटिल सल्यकृया गरेर सोखिलाल लाइ बचायो


बिराटनगर,माघ ६ गते । रातो तारा डट कम, बिराटनगर ११ महेन्द्र चोक दखि रहेको म्याक्स अस्पतालले बिभिन्न अस्पताल लगाएत निउरोले पनि नसकेर फर्काई दिएको बिरामीको खुट्टको सफल अपरेशन गरेर धनुसा निवासी सोखिलाल महतोको ज्यान बचाईदिएकोछ ।

म्याक्स इन्टरनेशनल एण्ड ट्रमा सेनटर प्रा लि ले धनुसाको सिंहयाही मरान निवासी वर्ष ४० को सोखिलाल महतो केहि महिना पहिला दुर्घटनामा परि निजको दाइने खुट्टा गाडिले किचेर पुरै काम नलाग्ने जस्तो भए पछि बिराटनगरको निउरो अस्पताल ल्याइएको थियो । उनकै आफन्तले दिएको जानकारी अनुसार निउरोले खुट्टा काट्नु पर्छ भने पछि उनका मानिसहरुले ट्रमा सेन्टरमा ल्याएका थिए ।

म्याक्स अस्पतालका अर्थोपेडिक सर्जन,संजय कुमार साह, समेतको टिमले सोखिलालको दाहिने कुट्टाको घुडा मुनि ६ ठाउँमा छिया छिया भएर भाँचिएको खुट्टा जटिल अपरेशन गरेर सफल्ता पुर्वक निको पारेको भन्दै, ट्रमा सेनटर सन्चालक समितिका अध्यक्ष शत्रुध्न यादवले आज बिराटनगरमा पत्रकार सम्मेल गरेर टिमलाई धन्यवाद दिदै, बिरामी सोखिलाललाई उभ्याएर पत्रकारहरुलाई जानकारी गराएका थिए ।

सोखिलालको घाउ पाकेर निकै जटिल भईसकेको खुट्टाको हडि टुक्रा टुक्रा भइ गभिर भएको अवस्थामा निजको खुट्टामा २ वटा स्टिलका पाता बाधेर निको पारिएको भन्दै यादवले यो जटिल प्रकारको अपरेशन गर्दा अर्को खुट्टाको मासु प्रयोग गरेर बचाएको कुरा पत्रकार सम्मेलनमा शत्रुध्न यादवले जानकारी गराउनु भयो ।
अहिले बिरामीको अवस्था सामन्य रहेका देखिएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.