Websoft University

मोरङको १२ वटा प्रदेशसभामध्ये ८ वटा प्रदेशको मत परिणाम सार्वजनिक



विराटनगर, मंसिर २४ गते । रातो तारा डट कम, मोरङमा १२ वटा प्रदेश सभा सदस्यको निर्वाचनमध्ये आठ वटा निर्वाचन क्षेत्रको नतिजा निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ ।

प्राप्त नतिजाअनुसार पाँचवटामा वाम गठबन्धन र तीन वटा प्रदेश सभामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्।

मोरङको क्षेत्र नं १ को दुवै प्रदेश सभामा वाम गठबन्धनका कर्मठ जुजारु युवा उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्वर १ को प्रदेश ‘क’मा नेकपा (माओवादी केन्द्र)का लोक पृय जनताका इमान्दा जानपृय नेता कुलप्रसाद साम्बा (लिम्बू) १९ हजार ५५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ललित अधिकारीले १५ हजार २६३ मत प्राप्त गर्नुभएको थियो ।

सोही निर्वाचन क्षेत्रको ‘ख’मा नेकपा (एमाले)का उपेन्द्रप्रसाद घिमिरेले १७ हजार ११७ मत प्राप्त गरी विजयी हुनुभएको.
छ । घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ईश्वरी कोइरालाले १४ हजार ३१० मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचन क्षेत्र नं ३को प्रदेश ‘क’मा काँग्रेस र ‘ख’मा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । क्षेत्र नं ३को ‘क’मा नेपाली काँग्रेसका सूयर्माराज राईले २० हजार २९९ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)की गीता तिम्सिनाले १९ हजार ३९९ मत प्राप्त गर्नुभएको थियो ।

क्षेत्र नं ४को दुईवटै प्रदेशमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश ‘क’मा माओवादी केन्द्रका विजयकुमार विश्वास १८ हजार २८९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भक्तिनाथ माझीले १५ हजार २२३ मत प्राप्त गर्नुभएको थियो।

सोही निर्वाचन क्षेत्रको ‘ख’ मा एमालेका जीवन घिमिरेले १३ हजार ८०५ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वनाथ रिजालले ११ हजार ६२५ मत प्राप्त गर्नुभएको थियो ।

क्षेत्र नं ६को दुइ वटै प्रदेशमा नेपाली काँग्रेस विजयी भएको
छ । प्रदेश ‘क’ मा चुमनारायण तवदारले २३ हजार ५१३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जीवन आचार्यले २१ हजार ४७० मत प्राप्त गर्नुभएको थियो ।

सोही निर्वाचन क्षेत्रको प्रदेश ‘ख’ मा काँग्रेसका केदार कार्कीले ११ हजार २९८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रमेश पोखरेलले आठ हजार १२० मत प्राप्त गर्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.