Websoft University

अख्तियारद्वारा तीन हजार २०० भन्दा बढी मुद्दा फछ्र्यौट

भीमदत्तनगर, मंसिर २४गते । रातो तारा डट कम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले हालसम्म आयोगमा परेको उजुरीमध्ये तीन हजार २१६ उजुरी फछ्र्यौट गरेको जनाएको छ ।

सनिवार कञ्चनपुरको भीमदत्तनगरस्थित आयोगको कार्यालयमा भ्रष्टाचारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसका अवसरमा आयोजित अन्र्त्क्रिया कार्यक्रममा आयोगले प्रदेश नं. ७ का छ जिल्लाबाट हालसम्म परेका तीन हजार ६४६ उजुरीमध्ये तीन हजार २१६ उजुरी फछ्र्यौट भइसकेको जनाएको छ ।

आयोगका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै कार्यालयका शाखा अधिकृत हरिषचन्द्र जोशीले अख्तियारमा शिक्षा, स्वास्थ्य, वनलगायत विभिन्न क्षेत्रका उजरी आइरहेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७० सालयता हालसम्म आयोगमा उजुरी परेकामध्ये ४३० वटा उजुरीमाथि अनुसन्धान भइरहेको शाखा अधिकृत जोशीले जानकारी दिनुभयो ।

त्यसैगरी अख्तियारले हालसम्म रु एक अर्ब २९ लाख ५५ हजार असुलउपुर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.