Websoft University

वामगठबन्धनको वृहत विजयी ¥याली, विराटनगरमा लाल किल्लाको नारा गनकियो


विराटनगर,मंसीर २४ गते । रातो तारा डट कम, मोरङमा वामगठवन्धनवाट विजयी भएका प्रतिनिधि सभा एवम् प्रदेश सभा सदस्यहरु सहित आज विराटनगरमा विजयी ¥याली निकालेको छ ।
विराटनगरको मतगणना स्थल आदर्श उच्च माविवाट निकालिएको जुलूसमा सहभागिहरुले बिराटनगरमा लाल किल्ला भन्ने नारा कासाथ ठुलो जनसागरले नगर परिक्रामा गरिएको थियो ।

विजयी ¥याली पछि महेन्द्रचोकमा भएको कोणसभामा बोल्दै मोरङ क्षेत्र नं ६ वाट नवनिर्वा्चित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका पोलिटव्यूरो सदस्य क लालवावु पण्डितले आगामी एक वर्ष भीत्र यस क्षेत्रका जनताले अनुभूति हुनेखालको विकास निर्माण कार्य गर्ने दृढता व्यक्त गर्दै सरकारले गर्ने निर्णय पारदर्शी हुने जनताको सीर निउराने काम आफुले कहिलै नगर्ने बिराटनगरलाई १ नम्वर प्रदेशको राजधानी बनाएरै छाडने वताए ।

विनाविभागीय मन्त्री एवम् मोरङ क्षेत्र ५ वाट नेकपा माओवादी केन्द्रवाट नवनिर्वा्चित प्रतिनिधि सभा सदस्य क शिवकुमार मण्डलले आगामी सरकारले विकाशको पहुंच जनतासम्म पुर्याउने वताउँर्दै मुलुकलाई आर्थिक सम्वृद्धि वनाइ अरव राष्ट्र जाने यूवाहरुलाई स्वदेशमा नै रोजगार उपलव्ध गराउने धारणा व्यक्त गरे ।

मोरङ ३ नं क्षेत्रवाट नेकपा एमालेवाट निर्वा्चित प्रतिनिधि सभा सदस्य भानुभक्त ढकालले  यसक्षेत्रमा रहेको गरिवी, वेरोजगारी, शिक्षा, स्वास्थ्य ,सुकुम्वासी समस्या तथा नदिकटान समस्या समाधान गरी आधुनिक कृषि खेतीका लागि प्रोत्साहन गर्ने वताए ।

नेकपा एमाले मोरङ अध्यक्ष विनोद ढकालको सभापतित्वमा भएको उक्त कोण सभामा क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य नेकपा एमालेका क घनश्याम खतिवडाले आफुलाई बिश्वास गरेर मत दिएर बिजयी गराउने आम मतदाहरुलाई धन्यावाद दिदै,आफनो क्षेत्रका बिकासमा पुर्ण रुपमा आफु लाग्ने कुरा बताउनु भएको थियो ।

क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य नेकपा माओवादी केन्द्रका क अमनलाल मोदीले रोजगारी, कृषिको विकास, वाटाघाटोको निर्माण  र विराटनगरलाई  प्रदेश नं १ को राजधानी वनाउने र अव आफु कुनै एक पाटीको सासद मात्र नभएर सबैको सासद भएकाले सबैलाई मिलाएर लैजाने भन्दै, आफु जनताकै काम लागि पर्ने कुरामा जोड दिए ।

कोण सभामा वामगठवन्धनवाट विजयी प्रदेश सभा सदस्यहरुको सहभागिता रहेका थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.