बिराटनगर,पुस ३ गते । रातो तारा डट कम, फुटवेयर बिजनेस एक्सपो बिराटनगर २०७४ का अध्यक्ष होम नाथ उपाध्याय, जुता घरका अध्यक्ष सुरज बन्जारे,डाईरेक्टर बिकास चौधरी,बिनय चौधरी समेतले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर पुस ५ गते देखि जैन भवनको प्रगणमा जुता मेला गलाउने जानकारी गराउनु भयो ।
कार्यक्रममा अध्यक्ष होम नाथ उपाध्यायले अहिले हामीले सामुहिक रुपमा जुता चप्पलको मेला बिराटनगरमा लगाउन लागिएको र सो मेलाको उदघाट बिराटनगर उपमहानगरपालिका मेयर भीम पराजुलीबाट गराएर फुटवेयर एक्सपो बिजनेस मेला सन्चालनमा ल्याउन लागिएको बताउनु भएकोछ ।
२०५९ सालमा राष्टिय सभागृहबाट सुरु भएको यो जुता चप्पल मेला काठमाण्र्डौमा मात्र सिमित नराखि देशका सातै प्रदेशमा शाखा खोल्ने र मेला सन्चालन गर्ने उदश्य राखिएको भन्दै अहिले जुता चप्पल बिजनेस लाई बृद्घि गर्न ५ ठाउमा यसका शाखाहरु खोलिसकिएको जानकारी गराउनु भयो ।
अन्य ठाउँमा सफतापुर्वक मेलामा जुता चप्पल प्रर्दशन गरिसकिएकोले बिराटनगरमा भने छाला जन्य नेपाली उत्पादनको मेला यो पहिलो फुटवेयर बिजनेस एक्सपो हुनेछ र यसमा ५ करोड को व्यापार हुने लक्ष्य राखेको छ भन्नु भयो ।
मेलामा नेपालमै उत्पादन भएका र टिकाउ बिभिन्न ब्रान्डका केटा केटी देखि बुढा पाका महिला पुरुष बिधार्थी केटा केटी बुढा बुढी आमा बुबा सबैलाई फिट हुने गुणस्थरिय जुता चप्पलहरु ५ गते देखि बढीमा स्टक रहुन जेल, एक महिना सम्म मेला संन्चालनमा ल्याईने कुरा होमनाथले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।
त्यसैगरी जुत्ता घरका डाइरेक्टर बिकास चोधरीले आफना कुरा राख्दै,पुर्वका आम जनताहरुलाई सुबिधा पु¥याउन जुता घरले नेपाली ब्राण्डका सुबिधायुक्त ७५ प्रतिसत छुटमा स्तरिया जुता चप्पल प्रदर्शन गर्ने भएको जनाउदै पत्रकार सम्मेलन बिसर्जन गरेका थिए।
Post a Comment