बिराटनगर, पुस ३ गते । रातो तारा डट कम,क्षेत्रीय हुलाक कार्यलय बिराटनगरका लेखापाल र सोही कार्यलयका अधिकृत राम प्रसाद नेपाल कार्यलयकै कामले उदयपुर र सप्तरीका जिल्ला हुँलाकहरुको अनुगमन गर्न मंसिर ६ बिराटनगरबाट जानु भएको थियो ।
बेपता हुने कुलबहादुर थापा र राम प्रसाद नेपाल मंसिर ८ गते नै काम सकेर र्फकिने क्रममा भण्टाबारी आइपुगे पछि नेपाल बिराटनगर आएका र थापा चै भण्टाबारीको नारायणी लजमा बस्नु भएको र भालिपल्ट बिहान ९ गते बिहान ७. ५ बजे घर बाट फोन गर्दा आउदैछ खाना पकाउनु भनेको तर अरु कुरा नभएको वहाकै श्रीमती रेवता थापाले आज बिराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएकोछ ।
घर नआईपुगे पछि लगातार रुपमै खोजि कार्य भईरहेको र मंसिर १० गते क्षेत्रीय हुलाक लाई खोजिदिन आग्रह गरी प्रहरीमा जाहेरी समेत दिएको कुलबहादुर की श्रीमतीले आज पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
बिराटनगर १ मा बस्तै आएका थापा अन्दाजी ५६ वर्षका हराउने थापाका ४ परिवार, मध्ये दुई छोरी एक श्रीमती छन र रेवाता थापा बिराटनगर ८ को ज्ञान निकुन्ज र्बोडिङ स्कुलमा पढाउनु हुन्छ । सबैले आफनो पतिलाई खोजतलासमा सहयोग गरिदिन समेत पत्रकार सम्मेलनबाटै रेवतालेआग्रह गर्नु भएकोछ ।
Post a Comment