काठमाडौँ, मंसिर २९ गते । रातो तारा डट कम, विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर तथा त्यस वरपर क्षेत्रको सौन्दर्य कायम राख्न नेकपा (एमाले) काठमाडौँ निर्वाचन क्षेत्र नं ८ ले सरसफाइ अभियान शुरु गरेको
छ ।
चुनावको अवधिमा विभिन्न स्थानमा राखिएका प्रचार सामग्रीको उचित व्यवस्थापनका लागि विश्व सम्पदामा सूचीकृत त्यस क्षेत्रमा रहेका तुल, तोरण, ब्यानर, पर्चा पम्लेटलगायत विभिन्न प्रचार सामग्रीले शहरी क्षेत्रको सौन्दर्यतामा असर पारेकाले सो अभियान थालिएको हो ।
काठमाडौँ महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाका ४ र ५ वडासमेत उक्त क्षेत्रमा पर्छ । एकसाताभित्र ती सबै क्षेत्रमा सफाइ गरिने छ ।
उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वा्चित नेता जीवनराम श्रेष्ठले वसन्तपुर तथा त्यस वरपर क्षेत्रबाट प्रचार सामग्री हटाएर सो अभियान शुभारम्भ गर्नुभयो ।
विभिन्न मुलुकका पर्यटक आइरहने उक्त क्षेत्रमा विभिन्न दलका उम्मेदवारको प्रचार प्रसार सामग्रीले कुरुप बनाएकाले चाँडो सफाइ गर्नुपर्ने भएको उहाँले बताउनुभयो ।
गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचन तथा यही मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा विभिन्न राजनीतिक दलले आफ्ना उम्मेदवार तथा कार्यक्रमको प्रचार प्रसारका साथै जनतालाई आकर्षित गराउन फेलेक्स, पोष्टर तथा पम्पप्लेटले सार्वजनिक भवन, सम्पदास्थल, सडक आसपासका भित्ता रङ्गाएका थिए ।
Post a Comment