बिराटनगर,पुस ५ गते । रातो तारा डट कम,प्रतिनिधि सभा सासद लालबाबु पडितले आज बिराटनगरमा जुता चप्पल मेलाको २०७४ को उदघाटन गर्नु भएकोछ ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सासद लालबाबु पण्डितले आफना कुरा राख्दै,नेपाली उत्पादन बजार प्रबर्धनका लागि सहयोग गर्न आफु तयारनै रहेको बताउनु भएकोछ ।
नेताहरुले अब मेनपावरहरु बन्द हुने बेलआईसकेको कुरा बताइरहदा,सरकार राजस्व मुखि नभएर उत्पादन मुखि भयो भने नेपालमै रोजगारिका अवसर बृद्घि हुन गई बिदेशमा भएका युवा सक्ति स्वादेशमै फर्किन थाल्ने छन भन्नु भयो ।
हाम्रा नेपाली उत्पादकहरुले स्वादेशमै यसरी आफना उत्पादनहरुको प्रर्दशन गरेर वा मेला लगाएर जुता उपभोक्ता हरुलाई सेवा गर्न थालेको देखेर आफु ज्यादै उत्साहित भएकोले सबैले स्वादेशी उत्पादनका जुताहरु सधै प्रयोग गर्न आवाहन समेत गर्नु भएकोछ ।
जुता घरका अध्यक्ष होम नाथ उपाध्यायले बस्तुको उत्पादन हाम्रो अभियान भन्ने नाराका साथ यो १ नम्वर प्रदेशमा हामीले पहिलोपट जुता चप्पल मेलाको आयोजना गरिएकोहो भन्नु भयो ।
खुल्ला बोर्डरबाट चोरी पैठारीबाट आउने जुता चप्पल जस्ता बस्तुको सामना गर्दै नेपाली उत्पादनहरु ४६ प्रकारका सामाग्री प्रयोग गरेर जुता जन्य बस्तुहरुको उत्पादन गर्दै आएका छौ भन्नु भयो ।
सरकारले नेपाली उत्पादनलाई मायाँ गर्ने हो भने सरकार उत्पादन मुखिहुन जरुरी भइसकेको उल्लेख गर्दै, आम जुता चप्पल उपभोक्ता हरुलाई यो मेला बढी भन्दा बढी जुता चप्पल भारी छुटमा खरिद गरी फाईदा लिन आवहान गर्दै,सबै उपस्थित महानुभावहरुलाई यो जुता चप्पल बजार उदघाटन कार्यक्रममा स्वागत गर्दछु भन्नु भयो ।
उधोग सगठन मोरङका अध्यक्ष मुकेस उपाध्यायले आफना कुरा राख्दै, जुता घार हेलिफि सेन्टरलाई धन्यावाद भन्दै यो बिराटनगरमा अति आवश्यक थियो र उधोग सगठनले पनि सोचिरहेको हो तर तपाइहरुले यहाँ ल्याएर जुता चप्पलको मेला लगाइदिनु भएकोले शुभ कामना सहित धन्यावाद दिनु भयो ।
मोरङ व्यापार संघ का अध्यक्ष पवन सारढाले जुता चप्पल मेलाले आम जुता उपभोक्ताहरुको मागलाई पुरा गर्ने छ र सरकारले पनि नेपाली उत्पाद उधोगहरुलाई सेवा मुखि भावनाले सहयोग गर्नु पर्छ भन्ने कुरा राख्दै मेला सफल्ताको शुभ कामना दिनु भयो ।
जुता घरको पूर्व अध्यक्ष तथा सिखर सु का प्रबन्ध निर्देशक राम कुमार प्रसाइले काठमाण्डौको १४ ओैं ससकरण र यो छैटौ मेला हो भने यो यहाँको पहिलो मेला हो भन्दै,नेपालमा १५ करोड जोर जुता उत्पादन हुदा करिव ५० हजार मानिसहरुले रोजगारी पाउने र सरकारले सहयोगी हात बढाए एक डेड लाख मानिसहरुले स्वादेशमै रोजगारिपाउने जस्ता कुरा उल्लेख गर्नु भएको थियो ।
घरेलु तथा साना उधोग महासंघका अध्यक्ष नरेन्द्र हुमागाँईले पनि स्वादेशी उत्पादनलाई सहयोग गर्न सरकार संग आग्रह गर्दै मेला सफल्ताको शुभ कामना दिनु भयो ।
जुता घरका डाइरेकटर बिकास चौधरीले आफना कुरा राख्दै, कार्यक्रम समापन गर्नु भएको थियो ।
Post a Comment