रबिन्द्र बराल उदयपुर, पुस ५ बुधबार । रातो तारा डट कम,
उदयपुरको सुनकोशी गाँउपालिकाका अग्नि पीडितलाई उदयपुर सेवा समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । सुनकोसी गापा–२ का अग्नी पीडित लक्षी राईको परिवारलाई आर्थिक सहयोग गरेको हो ।
दक्षिण कोरियमा कार्यरत नेपाली युवाले ५८ हजार चन्दा संकलन गरी आर्थिक सहयोग गरेको हो । बुधबार गाईघाटमा उदयपुर सेवा समाज दक्षिण कोरियाका उपाअध्यक्ष प्रदिप राउतले अग्नि पीडित लक्षी राईकी छोरी नीरा राईलाई सहयोग रकम हस्तान्तर गरेकाहुन । ‘अग्नी पिडित परिपार अतिविपन्न गरिव भएको जानकारी पायौ,’ उपाअध्यक्ष राउतले भने, ‘दक्षिण कोरियमा रहेका हामी उदयपुरे युवाले केही रकम जम्मा गरी सहयोग गरेकाहौ ।’
राउतका अनुसार उदयपुर सेवा समाज दक्षिण कोरियाले विभिन्न सयममा अतिविपन्न परिवारलाई लागेका रोग, भोक, विपद लगायतका समस्यामा सहयोग प¥याउँदै आएको छ । रकम हस्तन्तरण कार्यक्रममा सुनकोसी गाँउपालिकाकी उपाअध्यक्ष रमिला राई, कार्यकारी प्रमुख भक्त राई, नेपाल पत्रकार महासंघ उदयपुरका सह सचिव विदुर कटुवालको उपस्थिति रहेको थियो ।
सुनकोसी गापाका कार्यकारी प्रमुख भक्त राईले गाँउपालिकाकाले पनि केही समय भित्रै अग्नि पीडित लक्षीको परिवारलाई आर्थिक तथा भौतिक सहयोग गर्ने बचन दिएका छन । ‘अहिले तत्कालिन रुपमा आर्थिक सहयोग गर्ने उदयपुर सेवा समाज दक्षिण कोरियालाई धन्यावाद भन्छौ,’ उनले भने, ‘हामीले तत्काल गर्नु पर्ने काम उहाँहरुले गर्नु भएको छ, हामी पनि तत्काल नै सहयोग गर्ने तयारी गरेका छौ ।’
सहयोग रकम लिँदै अग्नि पीडित लक्षीकी छोरी निराले घरमा आफु र आमा मात्र भएको बताईन । ‘एक जना दाई हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘विदेश गएर वेपत्ता हुनु भयो, घरमा बृद्ध आमा र म मात्र छौ ।’ उनले आर्थिक सहयोग गर्ने उदयपुर सेवा समाज दक्षिण कोरियालाई पनि धन्यवाद दिईन ।
Post a Comment