Websoft University

समृद्ध विश्व निर्माणमा नेतृत्वदायी भूमिका कासाथ अब चीन अगि बढने


काठमाडौँ, पुस, ५ गते । रातो तारा डट कम,चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न १९ औँ राष्ट्रिय महाधिवेशनले शान्त र समृद्ध विश्व निर्माणमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने सन्देश प्रवाह गरेको छ । महाधिवेशनले महासचिव सी जीन फिङले प्रस्तुत गर्नुभएको विचारधारालाई उहाँकै नामको दस्तावेजको रुपमा महाधिवेशनले अनुमोदन गरेको त्यहाँका एकजना वरिष्ठ नेताले बताएका छन ।

उक्त महाधिवेशनबारे जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका अध्यक्ष वाङ वेगुहाङले पार्टीको राष्ट्रिय महाधिवेशनले चीनभित्र मात्र नभई छिमेकी मुलुकबाट समेत गरिबी घटाउने योजनालाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले चीनबाट भ्रष्टाचारलाई निमिट्यान्न पार्ने, धनी र गरिबबीचको असमानतालाई अन्त्य गर्दै आधुनिक समाजवादी मुलुक निर्माणलाई लक्ष्य बनाएको जानकारी दिनुभयो । नवचीन निर्माणमा महासचिव एवम राष्ट्रपति सीबाट नेतृत्वदायी भूमिका निर्वाह भईरहेको पनि उहाँले बताउनु
भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.