Websoft University

एकाएक रुपमा देखिएको सुरक्षा चुनौतीको प्रश्नले सबैलाई गम्भीर तुल्यायो- निर्वाचन आयोग


काठमाडौ, मंसिर ३ गते । रातो तारा डट कम,
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भई राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा लागेको बेला एकाएक रुपमा देखिएको सुरक्षा चुनौतीको प्रश्नले सबैलाई गम्भीर तुल्याएको बताउनुभएको छ ।

आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल(नियोक)द्वारा निर्वाचन पर्यवेक्षणमा खटिने राष्ट्रिय पर्यवेक्षकका लागि आज आयोजित प्रशिक्षणको उद्घाटन गर्दै उहाँले नेपालको संविधान, गणतन्त्र र संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा हुने आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन निर्वाचन आचारसंहिताको सबै पक्षबाट पूर्णरुपमा पालना हुन आवश्यक रहेको बताउँदै राजनीतिक दल र उम्मेदवारबाट टाढै रही संस्थाको बदनाम नहुने ढंगबाट पर्यवेक्षण गर्न पर्यवेक्षकलाई सुझाव दिनुभयो ।

शहरभन्दा हिमाली र उच्च पहाडी जिल्लाका दुर्गम मतदान केन्द्रमा पुगेर पर्यवेक्षण गर्न सल्लाह दिँदै उहाँले सूक्ष्म र गहन रुपमा पर्यवेक्षण गर्न तथा मतदातालाई मतदानको महत्वबारे सचेतना र जागृत तुल्याउने सन्देश प्रवाह गर्न सुझाव दिनुभयो ।नियोकका अध्यक्ष हिमालशम्शेर जबराले निर्वाचनको प्रचारप्रसारमा जुटेका नेता तथा कार्यकर्तामाथि आक्रमणले समाजमा हिंसाको त्रास दिनाका साथै जसरी पनि जित्नुपर्छ भन्ने मान्यताले निर्वाचनको परिणामलाई पैसाले प्रभाव पार्ने त होइन भन्ने प्रश्न उब्जेको बताउनुभयो ।

सोही संस्थाका कार्यकारी निर्देशक कृष्णमान प्रधानले २५ वर्षदेखि नियोगले निर्वाचन पर्यवेक्षण गर्दै आएकामा यस पटकको निर्वाचनमा ८०० जना पर्यवेक्षक खटाउन लागेको जानकारी दिनुभयो । सो अवसरमा सहभागी अन्य वक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण र लोकतन्त्रलाई स्थायित्व दिने सन्दर्भमा हुने निर्वाचनमा पद र पैसाको दुरुपयोग र चलखेल, पक्षपात, मौलिक र नैसर्गिक अधिकार कुण्ठित भए÷नभएको विषयलाई सूक्ष्मरुपले अध्ययन हुन आवश्यक रहेको बताउनुभयो ।

नियोकले ९० प्रतिशत पर्यवेक्षकलाई दुर्गम क्षेत्रमा पर्यवेक्षण गर्न खटाउन लागेको र उनीहरु समाजका विभिन्न विधामा ख्यातिप्राप्त र अनुभवी व्यक्तित्व रहेको जनाएको छ । यही मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मुलुकका ५२ संस्था र अन्तर्राष्ट्रिय चार संस्थाले निर्वाचनको पर्यवेक्षण गर्न अनुमति पाएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.