Websoft University

६ नम्वर क्षेत्र,वाम गठबन्धनका लाल बाबु पण्डित, रमेश पोखरेल समेतका उम्मेदवारहरुको चुनावी प्रचारप्रसारमा तीब्रता

बिराटनगर,मंगसीर ३ गते । रातो तारा डट कम,राजनीतिक स्थिरता र मुलुकको  दिगो बिकासका लापग वाम गठबन्धनलाई चिन्ह सूर्य र हसिय हतौडा भएकोमा मतदान गरौं भन्ने नाराका साथ क्षेत्र नं ६का प्रतिनिधि सभा सदस्यका उम्मेदवार क लाल बाबु पण्डित र ६ ख का प्रदेश सभा उम्मेदवार क रमेश पोखरेलको चुनावी प्रचारले तीब्रता पाएकोछ ।

क्षेत्र नं. ६ मा वाम गठबन्धनको चुनाव प्रचारप्रसारले मतदाताहरु निकै उत्साहित भएको पाएकाले नेपाली कांग्रेस भन्दा वाम गठबन्धन धेरै अगिरहेको पाइएकोछ ।

वाम गठबन्धनका लोकपृय नेता क लाल बाबु पण्डिलाई घरदैलो कार्यक्रममा हरेक घरका मतदाताहरुले उत्साहित भएर मतदिन तयार रहेको पनि धेरै ठाउँमा बताएकाछन ।
चुनावी प्रचारप्रसारकै बिषयलाइ लिए क नमिता न्यौपाने संग कुरा गर्दा वहा भन्नु हुन्छ, अहिले वाम गठबन्धनको चुनावी प्रचार प्रत्येक जनताको घर घरमा पुग्ने गरी जोस र जागरका साथ अगाडि बढाएको अवस्थाछ भन्नु भयो ।

यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सेखर कोइरालाले २ पटक जितेर गए पनि फेरि फर्केर यो क्षेत्र हेर्नु भएन त्यसैले पनि नेपाली कांग्रेसका उम्मेदवार भन्दा बाम गठबन्धनका उम्मेदवार क लाल बाबु पण्डित र क रमेश पोखरेल लगाएत बाम गठबन्धनका सबै उम्मेदवार जनपृय रहेका बताउनु भयो ।

त्यसैगरी नेकपा एमाले प्रदेश कमिटी इन्चार्ज तथा क्षेत्र नम्वर ६ ख को चुनाव प्रचारप्रसार समिति संयोजक मणी दाहालले आफनो कुरा राख्दै हामी संग भन्नु भयो
अहिले यो क्षेत्रको वडा न.ं ११,१२,५,६,७,र ९, समेतका क्षेत्रमा घर दैलो कार्यक्रम सकिएको र टोल बैठक धमाधम भइरहेकोछ ।

वाम गठबन्धनले हातिमुडा,सुन्दर दुलारी,र बिराटनगरका सबै क्षेत्रमा चुनाव प्रचारलाई तीब्रता दिएकोछ ।

अरुको कुरा गर्दा यस क्षेत्रबाट निर्वाचन जितेर गएका सेखर कोइरालाले यो क्षेत्रका कुनै काम गरेका छैनन् । बरु उनले सासद कोषको रकम रु तीस लाख दुरुपयोग गरेर ६ नम्वर क्षेत्रका जनता चिडियाउने काम बाहेक केहि गरेका छैनन् मणी दालले भन्नु भयो ।

बिराटनगर महानगरपालिका वडा नम्वर ११ का वडाअध्यक्ष तिथेन्द्र न्यौपानेले अहिले बाम गठबन्धनलाई जिताउन यो क्षेत्रका मतदाताहरु समयको पर्खाइमा बसेकाछन र बाम गठबन्धनको ६ नम्वरमा पोजिशन अग्र पङतिमा रहेको बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.