Websoft University

परियोजनाद्धारा भुरा वितरण


विराटनगर, कात्तिक २८ गते । रातो तारा डट कम,
गत साउनमा आएको बाढीका कारण माछाको भुरा क्षति भएका किसानहरुलाई राहत स्वरुप भुरा वितरण गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई मत्स्य जोन मोरङले माछा किसानहरुलाई २५ प्रतिशत राहत स्वरुप भुरा उपलव्ध गराएको छ ।

परियोजनाबाट हाल सम्म १ सय २१ जना किसानहरुले भुरा लगेको परियोजनाका मत्स्य विज्ञ विष्णुदेव यादवले जानकारी दिनुभयो । साउन २८ र २९ गते आएको वाढीका कारण परियोजना सञ्चालित कार्यक्षेत्र भित्रका २२ लाख भुरा क्षति भएको मत्स्य विज्ञ यादवले बताउनुभयो । परियोजनाले माछा किसानलाई आन्तरिक श्रोत तथा प्रतिफलमा आधारित कार्यक्रमबाट २५ प्रतिशत राहत उपलब्ध गराएको हो ।

परियोजनाले कार्यक्षेत्र साविकका रगेली नगरपालिका, सोराभाग,कटहरी र ववियाविर्ता भित्रका किसानलाई मात्र राहत स्वरुप भुरा वितरण गरेको हो । कार्यक्षेत्र बाहिरका किसानलाई यो सुविधा नरहेको परियोजनाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.