Websoft University

डिजेल अवैध रुपमा नेपालबाट भारत तिर निकासी हुदै


काठमाडौ, कात्तिक २८ गते । रातो तारा डट कम,
भारतमा डिजेल महँगो भएसँगै नेपालको सीमावर्ती कपिलवस्तु देखि बिराटनगर हुँदै झापा सम्म यसको अवैध तरिकाले डिजेल भारत निकासी भइरहेको छ ।

तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेका छन् । भारतीय आयल निगमले सेप्टेम्बरदेखि उत्तर प्रदेशमा डिजेलको मूल्य प्रतिलिटर ६० रुपैयाँ भारु ९रु ९६ नेपाली० कायम गरेको थियो ।

नेपाली बजारमा अहिले डिजेल प्रतिलिटर रु ७४ मा कायम गरिएको छ । भारतीय तुलनामा नेपाली डिजेल प्रतिलिटर रु २२ सस्तो पर्छ । कपिलवस्तुको कृष्णनगर र मर्यादपुर भन्सार नाका हुदै प्रवेश गर्ने भारतीय मालबाहक ट्रकमार्फत दैनिक ६० हजार लिटर डिजेल भारत निकासी हुने गरेको बताइएको छ ।
त्यसैगरी बिराटनगरका पेट्रोल पम्पहरूले पनि डिजेल तस्करी गरिहेका छन तर नेपाल आयल निगम बिराटनगरला कमिसन कै कारणले हो सुइँको सम्म पाएका छैन।


कृष्णनगर भन्सार कार्यालयका अनुसार दैनिक १०० देखि १३० वटा र मर्यादपुर नाकाबाट ४० वटासम्म मालबाहक ट्रक नेपाल भित्रने गर्छन् । सिमेन्ट र प्लाइउडका कच्चा पदार्थ, कोइला, कपडा, खाद्यान्न, फलफूल र तरकारी बोकेका ट्रक फर्कने क्रममा आफ्नो ट्याङ्कीमा डिजेल भरेर भारत फर्कन्छन् । ती मालबाहक ट्रकको इन्धन ट्याङ्कीको क्षमता ४०० देखि ७०० लिटरसम्मको हुने नेपाली ट्रक व्यवसायी चुन्नु श्रेष्ठ बताउनुहुन्छ ।

कपिलवस्तुका पेट्रोल पम्पमा आएको ७० प्रतिशत डिजेल भारत निकासी हुने गरेको कृष्णनगरका यातायात व्यवसायी तुफेल खाँ बताउनुहुन्छ । भारतीय साधनले डिजेल बढी खरिद गर्न थालेपछि आफ्ना साधनलाई अभाव भइरहेको उहाँको गुनासो छ ।

चन्द्रौटा क्षेत्रका पिके आयल, केएसके आयल, अन्सारी आयल, समीर फिलिङ सेन्टर तथा गणपति आयल सप्लायर्समा सबैभन्दा बढी चाप भारतीय मालबाहक साधनकै रहन्छ । आयल निगम भलवारी डिपोका सहायक प्रबन्धक पर्शुराम अधिकारी भारतमा अवैध रुपमा निकासी हुने गरेको पेट्रोलियम पर्दाथ नियमन गर्न सम्बन्धित जिल्ला प्रशासन तथा पेट्रोलियम डिजेल एशोसिएसनलाई पत्राचार गरेको बताउनुहुन्छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आयल निगमको समन्वयमा प्रहरी परिचालन गरी सीमापारि जाने सवारी साधनबाट हुने अवैध इन्धन चुहावट नियन्त्रण गर्न थालिएको बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.